पर्वतको होश्राङदी गाविस छुवाछुत मुक्त घोषणा

पर्वत, १ पौष , विभेद विरुद्ध  अभियान  ।  पर्वतको होश्राङदी गाउँ विकास समितिलाई जिल्लाको चौथो छुवाछुत मुक्त गाविस घोषणा गरिएको छ । प्लान नेपाल, जिल्ला विकास समिति पर्वतको सहयोग, राष्ट्रिय दलित विकास संस्थाको सामजिक परिचालन, गाउँ विकास समिति होश्राङदी र दलित अधिकार निगरानी संजाल होश्राङदीको आयोजनामा मंगलबार उक्त गाविसलाई छुवाछुत मुक्त घोषणा गरिएको हो ।
सोही अबसरमा उक्त गाविसलाई पुर्ण साक्षरता तथा निशुल्क अनिवार्य आधारभुत शिक्षा घोषण कार्यक्रम र स्थानिय सुर्य मा.विको वार्षिकत्सव कार्यक्रम समेत सम्पन्न भएको छ । राष्ट्रिय दलित विकास संस्था पर्वतका कार्यक्रम अधिकृत जितवहादुर नेपालीले जानकारी दिए ।
जातका आधारमा गरिने विभेदको अन्त्य गर्नका लागि संविधानमा छुवाछुत विरुद्धको हकको व्यवस्था भएता पनि त्यसको प्रभावकारी कार्यनव्यन हुन नसेकेका कारण देशका विभिन्न भागमा छुवाछुतका घटनाले प्रथामिकता पाउने गरेका छन् ।
मान्छे मान्छे विचमा पनि पानी चल्ने र नचल्ने भनी जातीय आधारमा गरिने विभेदका कारण शहरमा जातीय घटना कम घटेको देखिएता पनि गाउँमा भने अझै पनि त्यसको नियो उखिलिन सकेको छैन ।
जसका कारण पनि देशका विभिन्न ठाउँका कुना कुनामा जातीय हिंसा मौलाएको पाइन्छ । केहि समय अगाडी मात्रै डुब समुदायले इनारबाट पानी लिएको धनुषाको घटनाको विषयबस्तुले विश्वव्यापकता लियो ।
सरकार त्यसको प्रतिकारका लागि र मानिस मानिस समान हुन विभेद गर्नु हुदैन भनेर स्थलगत रुपमा गएता पनि सरकारनै त्यहाँको समुदायसँग भाग्नुपर्ने स्थीति भयो ।
यसरी देशको शहरी क्षेत्रमा हेर्ने हो भने पनि कतिपय ठाउँमा अझै पनि जातीय विभेदका घटना न्यून भएको देखिदैन । जिल्लाकै कुश्मा नगरपालिका २ पाङ मा गत बर्ष छुवाछुतको घटनाले उघ्र रुप लियो जसका कारण एक जनाको ज्यान समेत गयो ।
छुवाछुत विरुद्धमा यतिबेला देशव्यापी रुपमा छुवाछुत अन्त्य गर्नका लागि विभिन्न संघ संस्था लागि परेका छन् तर छुवाछुतको नियो अझै पनि ढल्न भने सकेको छैन ।
कुकुरलाई भान्छामा पस्न दिने तर मानवले मानवलाई जातीय आधारमा विभेद गर्ने रुदीबादी परम्परा अझै हट्ने भने सकेको छैन । सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रुपैयाँ पुरुस्कार दिने घोषणा गर्यौ जातीय विभेद अन्त्य गर्नको लागि तर त्यो औपचारिकतामा मात्रै सिमित भएको छ ।
जिल्लामा रहेका चार गाविस छुवाछुत मुक्त गाविस भएका छन् तर ती गाविस औपचारिकतामा मात्रै सिमित रहनु हुदैन ।

No comments:

Post a Comment