दलित महिला संघको अधिवेशनबाट नँया नेतृत्व चयन

नेपालगञ्ज, पुष ७-विभेद विरुद्ध अभियान।  मंगलबार अबेर नेपालगन्जमा सम्पन्न दलित महिला संघको चौथो राष्ट्रिय अधिवेशनबाट नँया नेतृत्व चयन भएको छ । सम्पन्न अधिवेशनबाट कला स्वर्णकारको अध्यक्षतामा १५ सदस्यीय नँया केन्द्रिय कार्यसमिति चयन भएको हो। संघको उपाध्यक्षमा शान्ति पासवान र चमेली परियार, महासचिवमा रेणु सिजापति, कोषाध्यक्ष पुण्यवती रम्तेल, सचिवमा मञ्जु सुनार निर्वाचित भए । 
यस्तै सदस्यहरुमा पूर्वाञ्चलबाट पाण्डु परियार, मध्यमाञ्चलबाट पवित्रा विश्वकर्मा, पश्चिमाञ्चलबाट सुजाता पौडेल, मध्यपश्चिमाञ्चबाट हिमा सुनार, सुदुरपश्चिमाञ्चलबाट सशी सोव निर्वाचित भए । मध्यपश्चिमाञ्चल सदस्यबाहेक अन्य कार्यसमितिकोसर्वसम्मत चयन गरिएको थियो । यस्तै १५ सदस्यीय कार्यसमितिका चार जना सदस्यमा मनोनित गर्नेछ ।अध्यक्षमा निर्वाचित स्वर्णकारले आफ्नो नेतृत्वमा दलित महिलाको राज्यका निकायका सहभागीता, हकअधिकार र पहूँच विकासमा सक्रिय र कटिबद्ध भई लाग्ने बताईन् । 
समग्र दलित महिलाको शिक्षा, आर्थिक, राजनैतिक, सामाजिक नेतृत्वमा विकास र पहूँचका लागि आफ्नो कार्यकालमा विस्तृत योजना सहित काम गर्ने उनले जानकारी दिईन् । दलित महिला संघ फेडोमा २१ सालदेखि संस्थापक अध्यक्षमा भूमिका निर्वाह गर्दै आएकी दुर्गा सोवले निर्वाचित अध्यक्षलाई बधाइ दिदै कार्यकाल जिम्मेवारी हस्तान्तरण गरिन् ।

No comments:

Post a Comment