डेढलाख रुपैयाँ नहुदा नारायण सुनारको उपचार हुन सकेन

दाङ,मंसिर १८ -विभेद विरुद्ध अभियान –कमाईकजाई गर्ने छोरो क्यान्सर रोगले थला परेपछि ७५ बर्षका बुवा कृष्णे सुनारले जीवन बचाई दिन सबैलाई अपिल गरेको खवर रातोपाटीमा प्रकाशित भएको छ ।ज्याला मजदुरी गरेर कमाएको पैसाले ७ जनाको परिवार पाल्दै आएका तुलसीपुर–६ रजौरा निवासी ४६ बर्षका नारायण सुनार अहिले रोगका कारण ओछ्यानमा थला परेको छोरालाई बचाइदिन सबैलाई अनुरोध गरेका छन् ।
bubwaछ महिनादेखि तुलसीपुर, घोराही, नेपालगञ्ज हुँदै चितवनको क्यान्सर अस्पताल पुगेर रोग पत्ता लाग्दासम्म एक लाख रुपैयाँ सकिएको पिडित परिवारले जनाएको छ ।
त्यो पनि सडक छेउमा भएको ऐलानी जग्गामा बनाएको सानो झुप्रोसहितको जग्गा बेचेर उपचार गरिएको उनले बताए । आन्द्रामा क्यान्सर भएका विकको उपचारका लागि डेढलाख रुपैयाँ खर्च लाग्छ भनेपछि गत असोजमा चीतवन क्यान्सर अस्पतालबाट फर्काएर घरमा ल्याएको परिवारले बताएको छ । कमाइकजाई गर्ने एकमात्र छोरो ओछ्यानमा ढलेपछि आफुभन्दा अग्लो लठ्ठीको सहरामा जेनतेन हिँड्डुल गर्दै आएका बुबा यतिबेला बेसहरा जस्तै भएका छन् ।
ज्यालामजदुरी गरेर कमाइ गरेको पैसाले साँझ विहानको छाक त्यसैले टारेको थियो । अहिले त ऊ आफै विरामी भएर ढल्यो बाँचेकालाइ पनि हातमुख जोर्न धौ भइसक्यो बुबा कृष्णेले भने । आर्थिक अभावका कारण छोराको अकालमा ज्यान जान लागेको भन्दै उनले सबैसँग आर्थिक सयहयोग गरिदिन अनुरोध गरेका छन् । सहयोग गर्नका लागि मोबाइल नम्बर ९८०९७९९६००मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

No comments:

Post a Comment