करीब ७ बर्ष देखि कुबेतमा कार्यरत अनीशा बिकलाइ चिन्ने कोहि हुनु हुनुहुन्छ ?

प्रदिप नेपाली- मङ्सिर १८ - विभेद बिरुद्ध अभियान -  भारतीय बाटो हुदै करीब ७ बर्ष पहिले कुवेत आएकी नेपाली महिला डेढ बर्षदेखि मानसिक सन्तुलन गुमाई अचेत अवस्थामा कुवेतको अल सभा अस्पतालमा उपचार गराईरहेकी छिन ।

बंगाली नागरिकसग रहदै आएकी अनीशा बिक नाम गरेकी नेपाली महिला करिब डेढ बर्ष पहिले बंगाली नागरिकले मानसिक तथा शारीरिक यातना दिन थालेपछि बिष सेवन गरेकी खुलेको छ।बिष सेवन गरेकी उनलाई अचेत अवस्थामा अस्पतालमा भर्ना गरिएको भएपनी अस्पतालमा उनका आफन्त कोही नगएकाले पहिचान नखुलेको पाइएको हो।

अन्दाजी २३/२४ बर्षकी युबतीको स्पोन्सर को हो भन्ने सम्म यकिन  हुन नसकेको  एनआरएनए कुवेतका उपाध्यक्ष झबिन्द्र बन्जाड़े (रवी बन्जाड़े) ले जानकारी दिएका छन ।बन्जाड़े भन्छ्न कोही चिनजानको मान्छेको नाम लिन सम्म नसक्ने  ऊनि आफ्नो घर कहिले सिन्धुपाल्चोक भन्छिन त कहिले पाल्चोक भन्छिन।मानसिक सन्तुलन गुमेकाले स्पष्ट रुपमा आफ्नो बिबरण बताउन नसक्ने भएकाले युवती कुन जिल्ला र गाबिसकी हून भन्ने सम्म पत्ता लागेको छैन ।
दाबी गर्ने ब्यक्ति आए नेपाल फर्काउने वातावरण मिलाउने नेपाली दुताबास कुवेतले आश्वसन दिएको छ कोही आफ्ना-आफन्त भए वा उनलाई चिन्नुहुने जो कोहीले छिटो भन्दा छिटो सम्पर्क गर्न पनी बन्जाड़ेले भनेका छन। 

No comments:

Post a Comment