यसरी उच्च मुल्याङकन गरे पनि एकातिर राजा पृथ्वी नारायण शाह( बिस १९७९ -बिस १८३१)को नेपाल एकीकरण को अभियानमा सलग्न बिसे नगर्जी , धार्ने कामी,कालू सार्की तथा मणिराम गाइनेको महत्त्वपूर्ण योगदान भएर पनि जातपात र छुवाछूत प्रथालाई घटाउने तिर ध्यान गएको देखिदैन । भने अर्को तिर अहिले सम्म का साशकहरु ले दलित समुदायले एकीकरणमा पुर्याएको योगदानको कदर र चर्चा गर्न कहिले जानेनन र आवश्यक ठानेनन् ।
तिनै दलित समुदायका एक विलक्षण प्रतिभा इतिहास पुरुष अमर ब्यक्तित्व बिसे नगर्चीको उच्च सम्मान गर्न स्याङ्जा बहाकोट गा.बि.स. वार्ड न: ७ स्थित बिसे नगर्ची चोकमा रहेको शालिकलाई यहि पौष ४ गते बिहान १०:३० बजे सृजनशिल दलित उत्थान समूह र नौलो ससार नागरिक (परियार ) सचेतना केन्द्र बहाकोट-७ स्याङ्जाको आयोजना मा अनावरण गरिने भएको छ ।
माननीय सभासद श्री टेकु नेपाली ,बुद्धिजिबि महेन्द्रमान ब्यथित ,पत्रकार -मनोरथ शर्मा प्रमुख अतिथि रहनु हुने यस कार्यक्रममा नौमती लोक बाजा र बृहत् सास्कृतिक कार्यक्रम समेत गरिने योजना रहेको बताउदै कार्यक्रम संयोजक नवीन कुमार परियारले कार्यक्रममा गरिमामय उपस्थितिको लागि सवै सरोकारवाला दलित ,गैरदलित समुदायलाइ सहभागिताको लागि हार्दिक निमन्त्रणा समेत गर्नु भएको छ ।
No comments:
Post a Comment