विभेदका कारण दलित समुदायले सञ्चालन गरेको होमस्टे फस्टाउन सकेन

डडेल्धुरा— पुस ५ । सुन्दै अचम्म लाग्न सक्छ, मुलुकमा पटक पटक प्रधानमन्त्री वनेका शेरवहादुर देउवाको गृह जिल्ला डडेलधुरामा अझे छूवाछुत कायमै छ । न दलित समुदायले संचालन गरेका होटलहरु चल्छन् न , घरमा दलितका दूध विक्री हुन्छ । डडेल्धुराको जिल्ला सदरमुकामबाट करिब १५ किलोमिटरको दुरीमा १३ सय बर्ष पुरानो ऐतिहासिक अजयमरु गाविसमा दलित समुदायमाथी छूवाछुत तथा भेदभाव व्याप्त छ ।
ऐतिहासिक स्थल अजयमरुमा पर्यटन प्रबद्र्धनका होमस्टे सञ्चालन गरिएको छ । तर दलित समुदायले सञ्चालन गरेको घरबास(होमस्टे) जातीय छुवाछुत तथा जातीय विभेदका कारण फस्टाउन सकेन होमस्टेका संचालक जोगी सार्की वताउछन् ।
अजयमेरुकोट स्वदेशी तथा विदेशी पर्यटकरुहरुका लागि स्थानीय खानामा विशेष जोड दिइएको छ । तर दलितले संचालन गरेका कारण खासै चल्न सकेको छैन । ‘बाह्य पर्यटकलाई जातीय विभेदको बारेमा त्यती चासो छैन , ‘यहीका पर्यटकले विभेद गर्छन् ,’उनले भने ।
कानूनी रुपमा नेपाल छुवाछुत मुक्त राष्ट्र भइसकेको छ । कानुनलाई थप बलियो वनाउन सरकारले जातीय विभेद तथा छुवाछुत कसूर र सजाए ऐन २०६८ समेत पारित गरिसकेको छ । तर दुर्गम र सुदूरपश्चिमका यस्ता बिकट ठाउँमा विभेद विरुद्धको कानुन कार्यान्वयन गर्न नसक्दा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा विभेद कायमै रहेको छ ।
त्यस्तै अजयमेरु गाविस,८ हाटका जोगी सार्की भन्छन्, जातीय छूवाछुतका कारण लगानी समेत डुब्ने चिन्ता । उनका अनुसार आफ्नै घरमा संचालन गरेको घरबासमा बाह्य पर्यटक बाहेक अरु कुनै पनि पर्यटक आउदैनन् । ‘गाउँघरका पाहुना त आउँदैनन् , बाहिरबाट आउने पाहुना कुरेर बसेको धेरै भयो, ‘यस्तै गति भए लगानी समेत डुब्छ ,’उनले भने ।
शसस्त्र द्वन्द्वको समयमा तत्कालिन माओवादीका कारण समाजमा रहेको बिकृतको मुल जड जातीय छुवाछुतमा कमी भएको थियो तर पछि फेरी जातीय भेदभाव र छूवाछुत मौलाउँदै गएको छ । २०५८ सालमा आफैले पकाएको खाना बाहुनलाई तत्कालिन माओवादीले खुवाउदा खाने बाहुनहरु आज भोली उनैबाट झ्न विभेद खेप्नु परिरहेको उनले दुखेसो पोखे ।
एक बर्षभित्र अजयमेरुकोट अवलोकनमा आउने करिब ३ जना फ्रान्सिेली, २ जना भारतीय पर्यटक बाहेक बर्ष भरि आउने हजारौ नेपाली पर्यटकहरु जिल्ला सदरमुकाममा फर्किने र गैरदलितको घरमा बस्ने गरेका छन् । पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना बोकेको अजयमेरुकोट संरक्षण समितिको अध्यक्ष समेत रहेका जोगी सार्कीले संचालन गरेको घरबास(होमस्टे) जातीय विभेदका कारण फस्टाउन नसक्दा होमस्टे बन्द गर्ने मनस्थितिमा पुगेका छन्, स्थानीय रामबहादूर ऐरले भने । दिनभरी खटिदा पनि घरबास फस्टाउन नसक्दा समय र मेहेनेत खेर गईरहेकाले अरु कुनै काम सुरु गर्न मन लागेको सार्कीले गुनासो गरे ।
फ्रान्सेली नागरिक डेबीटले ऐतिहासिक पर्यटकीय स्थल अजयमेरुकोटको स्थानीय खानाका प्रकारहरु मिठो भएको बताए ।नेपाली पर्यटकबाट विभेद भए पनि बाह्य पर्यटक भित्र्याउन सके सो क्षेत्रको पर्यटन विकासमा ठूलो सहयोग पुग्ने देखिन्छ ।


दलित अनलाइन बाट

No comments:

Post a Comment