दलित बालबालीकाहरु खोटो बोकेर पढाई खर्च जुटाउँछन

हेमन्त केसी,मंसिर   १७ - विभेद विरुद्ध अभियान । जाजरकोट–यहाँका अधिकांश बालबालीकाहरु शुक्रवार र शनिवार खोटो संकलनगर्ने बाकसहरु बोकेर पढाई खर्च जुटाउने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका जिल्लाको खगेनकोट, ढिमे र लहँ गाविका सयौँ विद्यार्थीहरु खोटो संकलन गर्ने बाकसका भाडा बोकेर रकमको जोहो गर्न थालेका हुन् ।यी तीनवटा गाविसमा वंगलामुखी र सुर्यमुखी कम्पनीले खोटो संकलन गरिरहेका छन् । प्रति वाकस वोके वापत रु ८ रुपैयाँ पाइने गरेको पंञ्च भयार मावि खगेनकोट–७ जिकुवामा कक्षा ६ मा पढ्ने धनवीर चदाराले बताए ।

खगेनकोटका अधिकांश दलित बालबालीकाहरु शुक्रबार र शनिबार बाकस बोक्न रुकुमको राडीमा पुग्छन् र करिव ४ घण्टाको उकालो बाटोबाट खोटो संकलन गर्ने खाली बाकस बोकेर मंसिरी, लुपाना, काडाँलुपाना, भरगाउँ लिएर रकम बुझेर फर्कन्छन् । साँघुरो अफ्ठयारो बाटोमा लड्ने समस्या उत्तिकै हुने अर्का धनवहादुर कामीले बताए ।यहाँका अधिकांश दलित बालबालीकाका अभिवावकहरु भारतमा कमाई गर्न जाने गर्दछन भने छोराछोरीहरु खोटो संकलन गर्ने बाकस बोक्ने, अन्य भारी बोक्ने काम गर्दछन् ।

यसरी बोकेर आएको रकमबाट उनीहरु कापी, कलम, कपडा किन्ने गर्दछन् ।खोटो संकलन गर्ने बाकसहरु हलुका हुने भएका कारण धेरै बोक्न सकिने लहँका कक्षा ७ मा पढ्ने कालीवहादुर विकले बताए । यातायातको सुविधा हुने ठाउँसम्म यी भाडाहरु सवारी साधनमा बोकाइन्छन् भने अन्य ठाउँमा बालबालीकाहरु नै प्रयोग हुने गरेका छन् । जिल्लाको ठिमे गाविसमा सबैभन्दा वढी यी बाकसहरु बोक्ने काममा बालबालीकाहरु प्रयोग भएका छन्।यहाँका अधिकांश बालबालीकहरु बाकस बोकेरै आप्नो सवै खर्च गर्ने गरेकोप्रेम मल्लले जानकारी दिए । बालबालीकाहरुलाईबाकसहरु बोकाउँदा धेरै रकम दिनु नपर्ने भएका कारण खोटो संकलन गर्ने कम्पनीहरु बालबालीकाहरुनै बढी प्रयोग गर्ने गरेका छन् ।

No comments:

Post a Comment