कालीकोट जिल्लामा बालीघरे प्रथा ब्यूँतिन थाले

कालीकोट, १२ पुस, विभेद बिरुद्ध अभियान । पछिल्लो समयमा जिल्लामा बालीघरे प्रथा ब्यूँतिन थालेको छ । ग्रामीण क्षेत्रका काम गरेवापत् दलित समुदायले ज्यालाका रुपमा नगद नभई बाली लिने चलनलाई बालीघरे भनिन्छ ।
वर्षको दुईपटक धानबाली रोप्नेदेखि भित्र्याउने र हिउँदेबाली गहुँ लगाउनदेखि भित्र्याउने सम्मकाम गरेर लगाएको अन्नबाली दुई चार ‘सुपा’ पाउने गरेका छन् ।
बदालकोट गाविस– ६ कि पाना तिरुवा आÏनो अन्नबालीले पाँचजना परिवारलाई राम्रैसँग खान पुग्ने भएपनि अर्काको घरमा काम नगरी सन्तोस नलाग्ने बताउनुहुन्छ ।
आफूभन्दा माथिल्ला जातका बाहुन, क्षेत्री, ठकुरीलगायतको मात्र होइन आÏना छिमेकीको घरमा काम गर्न गएपछि ज्याला लिइदँैन । बालीघरे प्रथामा घरमा काम गर्न गएपछि नगद ज्याला होइन अन्नबाली ल्याउने गरिन्छ । गाउँमा चल्दै आएको चलन र ससुराले गर्दै आएको प्रथा भएकाले छाड्न नसकेको तिरुवाको भनाई छ ।
दैनिक काम गरेर नगद पारिश्रमिक पाउने होइनन् केवल कात्तिक महिनामा धानबाली र मङ्सिरमा गहुँबाली भित्र्याउने समयमा ‘खलो’ को रुपमा घरमालिकको इच्छाअनसार अन्न दिने चलन छ । खलोको किनारमा रहेका धानबाली झाड्ने काम मात्र हुने गर्छ ।
जोत्ने हलो बनाउने कामदारलाई पनि सोही खलो दिएर काम काट्ने गरेको कालीकोटका ग्रामीण इलाकामा अहिलेसम्म पनि बालीघरे (खलो) प्रथा कायमै रहको छ भन्ने देखाउँछ । ‘किन हटेन त बाली घरे (हलो) प्रथा’ ? बदालकोट छ कै सुकिले सार्की पारिवारिक समस्या परेको समयमा घरखर्च र अन्य समस्या टार्न यस्तो गरिएको बताउनुहुन्छ ।
गाउँमा स–साना होइनन् ठूला÷ठूला काम परेको समयमा आÏना रिति (मालिक) ले सुल्झाउने गरेका छन् । खेतीपातीको काममा मात्र होइन सिलाइकटाई गर्ने जातीको रुपमा पेसासमेत बालीघरे खलो प्रथामा सीमित छ ।
सदरमुकाम मान्म– ९ मा सिलाइकटाई व्यवसाय गर्दै आएका निलो दमाइले भने सिलाइकटाई गर्दा मिलेको ज्याला नगदमा भन्दा खलो प्रथाबाट बढी हुने गरेको जनाउनुभयो । आÏना ५० जना (रिति) मालिकले दिएका खलोले १६ जना घरपरिवारलाई पालनपोषण गर्दै उहाँले जानकारी दिनुभयो ।
उहाँले वार्षिक रुपमा एक जनाबाट एक क्वीन्टल बराबरको धान तथा गहुँ ल्याउने गर्दै आउनुभएको छ । निलोले आÏना घरमा जटिल समस्या परेको समयमा खलो दिने मालिकले समस्या टाँरिदिने अनुभव पनि सुनाउनुभयो । गेला गाविसका जयप्रकाश अधिकारीले काम गरेबापत दलितलाई खलो नदिई दैनिक ज्याला रु २५० सम्म दिने गरेको बताउनुभयो ।
फुकोटका राजेन्द्र बरालले आÏना आँसे (निजी) दलित, दमाई, सार्की र लुवारले काम नगरेपनि खलो अनिवार्य लिने गरेको बताउनुभयो । विगत लामो समयको अन्तरालमा चलिआएको चलनअनुसार बालिघरे (खलो) प्रथा जारी रहेको र हट्न पनि समय लाग्ने उहाँको भनाई छ ।
जबसम्म दलित आफै आत्मनिर्भर बन्न सक्दैनन तवसम्म बालिघरे (खलो) प्रथा हट्न नसक्ने उहाँको विश्वास छ । शिक्षक रणबहादुर विकले यो दलित र गैरदलित दुवैको समस्या भएको बताउनुभयो ।
नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका कालीकोट अध्यक्ष एवम् दलित अगुवा पदम विकले यसको निराकणका लागि सामाजिक परिवर्तन आउन आवश्यक रहेको औँंल्याउनुभयो ।

No comments:

Post a Comment