विभेद बिरुद्ध अभियान

दलित सवालहरूलाई आमसमुदायसम्म पुर्‍याउने प्रयास

LightBlog

Thursday, December 24, 2015

कामदार बसेको घरमा आगलागी हुँदा चार जनाको जलेर मृत्यु

पौष ९- हुम्लामा भएको आगलागीमा परी चार जनाको मृत्यु भएको छ । हुम्लाको श्रीमष्ठा एक पीपलाङमा सडक निर्माण गर्ने कामदार बसेको घरमा आगलागी हुँदा चार जनाको जलेर मृत्यु भएको हो ।
आगलागीमा परेर कालिकोटको लालु गाविसका जया मिजार, नयाँ सुनार, मानबहादुर विक र गगन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी अन्य सात जना घाइते भएका छन् । घाइतेहरु पनि सबै कालीकोटकै रहेका छन् । घाइते हुनेहरुमा जसबहादुर सुनार, गोविन्द सुनार, लोकबहादुर सुनार, गोविन्द सुनार, रमेश सार्की र लोग सुनार रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेको थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा पुर्‍याउन काठमाडौंबाट हेलिकोप्टर झिकाइएको र हेलिकोप्टर काठमाडौंबाट उडिसकेको छ ।
मृतकको शवलाई पनि आजै कालिकोट पठाउने तयारी भइरहेको छ ।बाटो खन्न कालीकोटबाट आएका कामदारले श्रीमष्ठा एकमा बनाएको खरको सानो झुप्रोमा राति एक्कासी आगो लागेको थियो ।