दलीत सगं विहे गरि भनेर १५ वर्षको जन्मदर्ता बनाइ वालबिवाहामा फ़साइयो

सुर्खेत, पौष -५ , विभेद बिरुद अभियान- वीरेन्द्रनगर १ वाङेसिमलका एक बालिका ले वालविवाह गरेकै कारण अलपत्रमा परेको बताएकी छिन । आमा वुवा नभएको बताउने उनले अध्ययनको लागि सानीआमाको घरमा वस्दा वस्दै नजीकै विवाह गरेपछि आफु अलपत्रमा परेको बताइन् । दार्जेलीङ घर भएकी उनि व्ुवा आमा नभएपछि इटहरी मामाघरमा वस्दै आएको र अध्ययनका लागि सुर्खेत सानीआमाकोमा वस्न सुर्खेत आइ पुगेको बताइन् । सानीआमाको घर नजीकै घर भएका एक  युवक सगं चिनजान भएपछि केहि महिना अघिवाट प्रेम सम्बन्ध भएको बताउने उनले अर्काको घरमा वस्नु भन्दा विहे गरेर श्रिमानको घर जान्छु भनेर विहे गरेको तर अहिले अलपत्रमा परेको जिकिर गरिन् । आफु १८ वर्ष पुगिसकेको दावि गर्दै उनले भनीन मलाइ जन्मदर्तामा १५ वर्षको बनाएर दलीत सगं विहे गरि भनेर वालवीवाहमा फसाइएको छ । 
मंसिरको ४ गते भागेको र २७ गते गणेश मन्दीरमा श्रीमान 
को  परिवार, स्थानीय गाउले सबैको उपश्थीतीमा विहे गरेको उनको भनाइ रहेको  छ । बालिका  भन्छीन  भागेको केहि दिनमा किशोरी सम्वादमा काम गर्ने एक जना दिदिले वालविवाह गर्न हुदैन भनेर सम्झाइ गएपछि हामी विहे नगरौ भनेर वसेका थियौ पछि फेरी विहे गरेपनि सानै उमेरमा वच्चा नजन्माउनु भनेपछि हामीले भागेको २३ दिनमा मात्रै विवाह गरेका हौ । पहिले विहे गरेपनि वच्चा नपाउनु भन्दै सल्लाह दिएको तर पछि भोजको दिन २८ गते प्रहरी लगेर घर गएको आरोप उनले लगाएकी छन् । दुष्मनी जस्तो गरेको उनको भनाइ  छ । प्रहरीले सानी आमा, श्रीमान र सासु आमालाइ लगेर थुनामा राखेपछि  आफनो विचल्ली भएको जिकिर गरेकी छन् । अव सानीमा जेलवाट निश्कीएपछि आफ्लाइ सानीआमाकोमा वस्ने वातावरण नहुने र श्रीमान को घरमा पनि वस्न नपाए घरको न घाटको जस्तो हुने गुनासो उनको छ । 
वाङेसिमलका समाजसेवि गंगाराम सुनारले प्रहरीले पनि वालविवाह गरेकालाइ परिवारको जिम्मा लगाएर छुटाउनु पर्नेमा केटा केटिका आमाहरुलाइ थुनामा राखेकोमा आक्रोस पोखे । आमाहरु जेलमा हु्दा परिवारको विचल्ली भएको उनको भनाइ रहेको छ । यता महिला विकास कार्यालयका प्रमुख महिला विकास अधिकृत जमुना पौडेलले कानुनको नजरवाट कोहि पछि नभएको बताइ्न उनले । वालविवाह गर्नु अपराध हुने भन्दै सबै मिलेर रोक्न सुझाव दिइन् । जिल्ला वालकल्याण अधिकृत रमा भण्डारीले सुर्खेतमा वालवीवाह ठुलो समस्याका रुपमा रहेको बताइ्न । अभिभावकले नै अन्तरजातीय विवाह भए मात्रै वालवीवाह छुटाउन खोज्ने नत्र भोजभतेर मनाउने गरेको धारणा राखीन । 

No comments:

Post a Comment