दलित बस्तीमा सरकारले ‘जनता आवास कार्यक्रम’ ल्यायो तर घर बनाईदिएन

उदयपुर, पुस १०- विभेद बिरुद्ध अभियान -  सरकारले राम्रो घर बनाँइदिने भनेर भएको घर भत्काई खनेको खल्डोमा परी एक वर्षे बालकको मृत्यु भयो तर, नयाँ घर बनेन । सरकारले ल्याएको ‘जनता आवास कार्यक्रम’ अन्र्तगत उदयपुरको त्रियुगा नगरपालिका १७ स्थित गहिरुनको दलित बस्तिमा भएको घर भत्काई नयाँ बनाउन खनेको खाल्डोमा बालकको मृत्यू भयो तर, त्यही बस्तिमा अहिलेसम्म नयाँ घर बनेको छैन ।
सोही स्थानका स्थानीय २७ वर्षे रामकुमार सदाले सरकारले बनाइदिने भनेर भएको घर पनि भत्काई खनेको खाल्डोमा परी आप्mनो एक वर्षे छोराको मृत्यू भएको गुनासो गर्दै भने ‘सानो छोरो खेल्दै गएर खाल्डोमा परी म¥यो तर घर बनेन । ‘घर बनाउन खनेको खाल्डोमा परी एक वर्षे बालक छोराको मृत्यु भयो तर, सरकारले घर बनाईदिएन ।’ सदाले भने, अहिले पुसको जाडोमा तीन सन्तान श्रीमान श्रीमति परालको चाँङमा रात विताउन बाध्य छौ ।’आँखाभरी आँशुका धार पार्दै एभरेष्ट दैनिकको कुराकानीमा सदाले सरकारले ल्याएको ‘जनता आवास कार्यक्रम’ आप्mनो लागी दसा भएको बताए । सरकारी काम कहिले जाल घाम जस्तै भयो घर बन्ने कुरा पनि सदाले उहि कुरा दोहो¥याए घर बनाउने खाल्डोमा परी छोराको ज्यान पनि गयो घर पनि बनेन । ज्याल मजदुरी गरेर खाने सदाको परिवारको सरकारले बनादिने घरको सपनाले परिवारकै एक सदस्य खोसेको छ । यसरी सरकारले ‘जनता आवास कार्यक्रम’ अन्र्तगत अन्र्तगत मुसर, सदा रहेको दलित बस्तिमा २३ घर बनाइदिने योजना ल्याएको थियो । अहिले मुसर र सदा समुदाय जाडो मौसममा घरविहिन भई खुल्ला आकाशमा कष्टकर जीवन बिताइरहेका छन ।
सरकारले सुरक्षित घर बनाइदिने भएपछि भएको झुप्रो घर भत्काएर जाडोमा मर्नु न बाँच्नु भएर जीनव बिताईरहेको अर्का स्थानीय भुटै सदाले गुनासा पोेखे । ’नयाँ घर सरकारले बनाईदिन्छ भन्दै सरकारी मान्छेले पुरानो घर भत्काउन लगाए,’ भुटैले भने, ’नयाँ घर पाईन्छ भने हुन्छ भनेर खुसी हुँदै घर भत्काउन दियौं, तर अहिलेसम्म नयाँ घर बनाइदिएन्, जाडोमा परालको चाँङमा बास छ ।’उनका अनुसार प्रायःजसो सदा समुदायका अभिभावक भूमिहीन भएकाले बनिबुतो र अर्काको घरमा ज्याला मजदुरी गरेर खाने गरीब छन् । ठूला मान्छे अरुको काम गर्न जाने गर्छन् भने घरमा बालबालिका र बृद्धबृद्धा मात्र बस्ने गर्छन् । दिउँसो घाम लागेका बेला तापेर बसे पनि रात परेपछि खुल्ला आकाशमुनि बस्नुपर्दा शीत र चिसोले प्रत्येक घरका बालबालिका र बृद्धबृद्धामा बिरामीको संक्रमण बढ्न थालेको छ ।
आर्थिक वर्ष ०७२र७३ मा सहरी विकास मन्त्रालयले उदयपुरको पूर्वी नगरपालिका बेल्टार–बसाहा क्षेत्रमा २५ घर दलितलाई जनता आवास कार्यक्रमअन्तर्गत घर बनाउने कार्यक्रम राखेको थियो । त्यस्तै सदरमुकाम त्रियुगा नगरपालिकामा २३ र पश्चिम कटारी नगरपालिका क्षेत्रमा २२ वटा घर बनाउने कार्यक्रम रहेको सहरी विकास तथा भवन डिभिजन कार्यालयले बताएको छ । निमित्त डिभिजन प्रमुख इन्जिनियर ब्रम्हदेव चौधरीले मन्त्रालयबाट बजेट आउन ढिलो भएको तथा ढुङ्गा, गिटी र बालुवा निकासीमा त्यसैबेला सरकारले प्रतिबन्ध लगाएका कारण भवन निर्माण रोकिएको बताएका छन् ।
बालुवा, गीटी सहजै उपलब्ध भएको बेलटार–बसाहा क्षेत्रका ९५ प्रतिशत काम सम्पन्न भएर हस्तान्तरण गरिसकिएको उनले बताए । कटारीका पनि ८० प्रतिशत घर निर्माण सकिएको तर, सदरमुकाममा बालुवा गिटी पूर्णतः रोक लगाइएका कारण ५० प्रतिशतभन्दा माथि काम हुन नसकेको चौधरीको भनाइ छ ।
चौधरीले जनता आवास कार्यक्रमअन्तर्गत आर्थिक रुपमा अति विपन्न दलित परिवारलाई प्रतिघर एकलाख ८५ हजार लागतमा सरकारले धुुँवारहित भान्सा कोठासहितको दुईकोठे घर निमार्ण गरिदिने कार्यक्रम सरकारले ल्याएको थियो । घरधनीले १० हजार बराबरको श्रमदान अनिवार्य गरिएको घर बनिसकेपछि पुनः १० हजार बराबरको शुलभ शौचालय पनि सरकारले निर्माण गरिदिने भनेको थियो । जिल्लाको अन्य स्थानमा घर बने पनि त्रियुगा नगरपालिका १७ स्थित गहिरुनको दलित बस्तिमा हालसम बन्ने कुनै सुरसार छैन । दलित र मुसर बस्ति रहेका यस बस्तिमा चिसोका विभिन्न स्वास्थ्य समस्या आउने निश्चित भएको छ ।

No comments:

Post a Comment