कैलालीका दलित महिलाहरुले गाउँमा समूह गठन गरेर सामूहिक आवाज उठाए

अविनाश चौधरी, मंसिर २१- विभेद विरुद्ध अभियान ।
कैलालीको लम्की–चुहा नगरपालिका–२, भुरुवाकी कोकिला देवल हिजोआज आफ्नो गाउ“मा हुने जुनसुकै सार्वजनिक कार्यमा सहभागी हुने गरेकी छन् । दलित समुदायबाट प्रतिनिधित्व हुनैपर्ने आवाजले विद्यालय, मन्दिर, पुलपुलेसो निर्माणलगायतका सार्वजनिक हितका सवालमा गरिने विभिन्न निर्णय प्रक्रियामा उनको सहभागिता बढेको हो । 
कोकिलाजस्तै लम्की–चुहा नगरपालिका–१२ बचैलाकी सीता बिक पनि सामाजिक क्षेत्रमा हुने विभिन्न कार्यमा सहभागिता जनाउ“दै आएकी छन् । उनले आफ्नो गाउ“ समाजमा खेलेको नेतृत्वदायी भूमिका कारण सीतालाई सामूहिक हितका सबैजसो कार्यक्रममा सहभागिता गराउन थालिएको हो । 
कोकिला र सीताजस्तै हिजोआज कैलालीका अधिकांश दलित महिलाहरु आ–आफ्नो गाउ“मा नेतृत्वदायी भूमिकामा देखिएका छन् । जातीय छुवाछुतका कारण आफ्नो घर बाहेक अरु ठाउ“मा जान समेत नपाएका दलित महिलाहरु अचेल सार्वजनिक निर्णयको हिस्सेदार समेत भएका छन् ।  
दलित महिलाहरुले गाउ“मा समूह गठन गरेर सामूहिक आवाज उठाएपछि उनीहरुलाई सार्वजनिक हितका कार्यक्रम तथा निर्णय प्रक्रिया सहभागी गराइएको हो । गैर दलितहरुको समेत बसोबास रहेका गाउ“मा दलित महिलाहरुले समूह मार्फत नै क्षमता अभिवृद्धि लगायतका तालिम लिएपछि उनीहरुलाई सार्वजनिक कार्यमा सहभागिता जनाउन सजिलो भएको छ । 
मन्दिरमा दलितलाई पस्न दिनु हुन्न भन्ने सोंचाई राखिने कतिपय ठाउ“मा दलित महिलाहरुले त्यो मानसिकतामाथि जित हा“सिल गरेका छन् । उनीहरुलाई हिजोआज सोही मन्दिर व्यवस्थापन समितिको सदस्य समेत बनाइएको छ । कोकिला देवल त्यसको एक उदाहरण हुन । उनी आफ्नै गाउ“मा रहेको सनातन हिन्दू धर्म समितिको सदस्य समेत बनेकी छन् । 
२०४७ सालमा मन्दिरमा पूजा गर्न आएको भन्दै ठकुरी समुदायका मानिसबाट कुटाई खाएकी कोकिलाले २०५२ सालमा मोतिपुरमा रहेको दुर्गा मन्दिरमा प्रवेश गरी पूजा गरेकी थिइन् । त्यो घटनाले उनकोे जीवनमा मात्रै परिवर्तन ल्याएन, गाउ“का सबै दलितहरुका लागि नै न्याय भयो । 
सो घटनायता, दलित र गैरदलितबीच रहेको विभेदको पर्खाल भत्किएको छ । हिजोआज कोकिला आफ्नै गाउ“मा रहेको मन्दिर व्यवस्थापन समितिको सदस्य छिन् । मोतीपुरको घटनाले उनलाई गाउ“कै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउनमा समेत सघाउ पु¥यायो । 
‘पहिले दलित समुदाय जुन अवस्थामा थियो, अहिले त्यस्तो छैन’, उनले अगाडि थपिन–‘राजनीतिक र सामाजिक चेतनासंगै अब दलित समुदायका महिला नेतृत्वदायी भूमिका पनि आउन थालेका छौं ।’ 
कुनै बेला दलित महिलाहरु घरायसी गतिविधिमा मात्रै सिमित थिए । अझै जातीय छुवाछुतका कारण उनीहरु झन पिल्सिएर बस्न बाध्य थिए । तर, समूह मार्फत थालिएको जागरण अभियान र चेतनाको विकासले अव सार्वजनिक गतिविधिमा संलग्न हुन पाएको धनगढी उपमहानगरपालिका–१९, ‘ई’ गाउ“का कमलादेवी तिरुवाले बताइन् । 
उनले भनिन्–‘हामी दलितहरु मिलेर सुरुमा विभेद अन्त्यका लागि आवाज उठायौं । अचेल सामाजिक गतिविधिमा पूर्ण रुपले सक्रिय भएका छौं ।’ नागरिक वडा मञ्च र विद्यालय व्यवस्थापन समितिमा सदस्यको रुपमा संलग्न उनले सामूहिक प्रयास गर्दा जस्तोसुकै ठाउ“मा महिला पनि आवद्ध हुन सक्ने बताइन् । 
आर्थिक, सामाजिक र राजनीतिक रुपले पछि परेको दलित समुदायका महिलाहरुलाई अगाडि बढाउने उद्देश्यका साथ समूह गठन भएका छन् । दलित महिला संघको पहलमा समूह गठन गरिएको हो । कैलालीका विभिन्न गाउ“मा गठित समूहले सामूहिक रुपमा आर्थिक उपार्जनका गतिविधि सहित क्षमता अभिवृद्धि तालिम, प्रशिक्षण जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । 
समूह मार्फत हुने गतिविधिमा संलग्नता जनाउन पाएका कारण राजनीतिक रुपमा सचेत समेत भएको सीता विकले बताइन् । नेकपा एमालेको वडा स्तरीय समितिको अध्यक्ष समेत रहेकी उनले अगाडि थपिन्–‘जुनसुकै क्षेत्रमा राजनीति हावी छ । राजनीतिक चेत नभएसम्म सार्वजनिक क्षेत्रको कुनै पनि कार्यमा सहभागिता हु“दैन ।’
महिलाहरु सङ्गठित भएमा अर्थपूर्ण सहभागिताका लागि सहयोग पुग्ने दलित महिलाहरुको भनाइ छ । उनीहरुले एकतामा बल रहेको विश्वास गर्दै सङ्गठित रुपमै विभेद हटाउने, छाउपडी गोठ भत्काउनेजस्ता कार्यमा समेत संलग्न भएका छन् । 
नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि रहेकी भुरुवाकी अनिता विकले सङ्गठित भएमा सफलता हात लाग्ने गरेको सुनाइन् । उनले थपिन–‘हाम्रो समुदायबाट आवाज उठेकै कारण म महाधिवेशन प्रतिनिधि समेत हुन पाएको छु । अचेल हामीलाई सबै ठाउँमा मान सम्मान मिलेको छ ।’
ग्रामीण भेगमा अभैm पनि कतिपय दलित महिलाहरु थिचोमिचोमा परेका छन् । त्यस्ता महिलाहरुलाई न्याय दिलाउनका लागि पनि दलित समुदायका महिलाहरुको नेतृत्वदायी भूमिका आवश्यक रहेको जनसेवा दलित महिला समूहका सचिव खेमा बिकको जोड छ । 
‘आफ्नो जातिको अर्थपूर्ण सहभागिता भएमा जस्तोसुकै अप्ठयारा काम गर्न सजिलो हुन्छ’, उनले भनिन्–‘त्यसैले हाम्रो समूह यस्तो कार्यमा सक्रिय छ ।’ 
सडक, मन्दिर, विद्यालय, स्थानीय शान्ति, नागरिक वडा मञ्च, विकास निर्माण लगायतका समितिहरुमा दलितको अर्थपूर्ण सहभागिताका लागि समूह मार्फत पैरवी गर्ने गरेको खेमाले जानकारी दिइन् । 
- रेदियो पश्चिम बाट

No comments:

Post a Comment