दलित बालबालिकाहरुको लागि आउने बजेट आउँछ कहाँ जान्छ ?

सुर्खेत, पौष १४, विभेद बिरुद्ध अभियान ।  सुर्खेतको नेटा गाउँ विकास समितिका जनजाती र दलित नागरिकहरुले आफुहरुको लागि गाविसमा प्रत्येक वर्ष आउने बजेट आफुहरुले नपाएको गुनासो गरेको छन् ।
नेटा गाविसमा साझेदारी विकास परियोजना संचालन गरिरहेको समाज जागरण केन्द्र (स्याक) नेपालको आयोजनामा भएको कार्यक्रममा उनीहरुले बजेट आएपनि पहुँच हुनेहरुले मात्रै पाएको गुनासो गरेका हुन् । लक्षित वर्गको लागि गाविसमा आउने बजेटको विषयमा छलफल गर्नका लागि आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले दलित बालबालिकाहरुको लागि आउने बजेट पाएको तर अन्य बालक्लबको लागि भनेर आएको रकम आफुहरुले नपाएको पनि गुनासो गरेका थिए । 
कार्यक्रममा सहभागी ज्येष्ट नागरिक तथा अपाङ्गता भएकाहरुले भने आफुहरुले पाउने सामाजिक सुरक्षण भत्ता पाईरहेको बताएका थिए ।
गत वर्षसम्म आफुहरुले गाविसमा आउने बजेटको बारेमा थाहा नपाउने नागरिकहरुले अब भने जस्को लागि बजेट आएको छ त्यही क्षेत्रमा खर्च गर्नुपर्नेमा आवाज उठाउने बताएका छन् ।
ज्येष्ट नागरिक मानबहादुर दर्लामीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाज जागरण केन्द्र (स्याक) नेपालका मनीषा शर्मा, बालबालिका, सचेतना केन्द्रका संयोजक, वडा नागरिक मञ्चका संयोजक, स्थानीय नागरिकलगायत राजनितिक दलहरुको सहभागिता थियो । 

No comments:

Post a Comment