विभेदलाई चुनौती दिदै युवायुवती अन्तरजातिय विवाहमा बाधिए

प्रेम सुनार, गुल्मी पुस ५ । सुन पानीले छर्क मायालु, यो समाजले काँचुली फेर्दैछ अझै केहि दिन पर्ख मायालु ....’ गायक राजु परियारलाई विष्णु माझीले फर्काएको यो गितमा झै साँच्ची नै यो समाजले काँचुली फेर्दैछ र दिन प्रति दिन रुढीवादी समाजको जाति–पाती, उच–निचको विभेदलाई ठाडो चुनौती दिदै युवा युवतीहरु अन्तरजातिय विवाह बन्धनमा बाँधीदै छन् । झण्डै तिन बर्ष अघि देखि हस्तीचौर २ हर्पुकोटका २२ वार्षिय सुरज बिश्वकर्मासंग झाङ्गिएको प्रेमलाई हस्तीचौर ४ की १९ वर्षिया सम्झना खत्रीले परिवारको कडा अवरोधका वावजुद पनि मंसिर ३० गते विवहामा परिणत गराईन । अक्सफोर्ड कलेज वुटवलमा स्नातक दोश्रो वर्षमा अध्यानरत सम्झनाले बुटवल नजिकै पर्ने देवदहको खैरेनी स्थित लौकेश्वर मन्दिरमा सुरुजबाट सिउँदोमा सिन्दुर थापेर प्रेम विवाहा गरेकी थिईन् । 
विवाहा पश्चात उनिहरु हस्तीचौरस्थित घर भित्रिन आए । घर आएको तिन दिन पछि मंगलवार उनका आफन्तजन आएर केहि कुरा गर्नु छ भनेर अलि पर लगे । सम्झनाका बाबु जगत बहादुर खत्री सहितको टोलीले उनलाई गालामा थप्पड हान्दै र लतार्दै तम्घास तर्फ लगे । राती नै सुरज तम्घास आएर जिल्ला प्रहरी कार्यालयमा आफ्नी जिवन संगिनलाई गायव पार्न सक्ने भन्दै मौखिक उजुरी दिए । तम्घासमा रहेकी सम्झानाकी सानी आमा र साना बुुवाले भने सकरात्मक भुमिका खेले । उनिहरुले विदेशमा रहेकी सम्झनाकी आमा विमला खत्रीलाई फोन गरेर सोधे । आमाले त्यहाँबाट छोरीको जे ईच्छा छ त्यही गर्छे भन्ने खालको कुरा गरेपछि उनिहरुले जिल्ला प्रहरी कार्यालयमा ल्याएर सम्झनालाई बुझाएर गए । त्यतिञ्जेल सम्म सम्झनाको आँखामा आँशु वगि रहेको थियो । सुरुज पनि मुटु भक्कानाउदै बसेका थिए । उनिहरुले छोडे पछि प्रहरीले सम्झनाका अभिवाकहरुलाई पटक पटक सम्पर्क ग¥यो तर कोहि सम्पर्कमा आएनन् । सम्झनाले सुरुज संग जान नपाए आत्मा दहन गर्ने सम्मको चे तावनी दिईन् । अन्ततः प्रहरी उनिहरुको फोटो र हुलिया मात्रै राखेर उनिहरुलाई स्वतन्त्र छाड्न बाध्य भयो । निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरक्षक निशान्त श्रीवास्तव भन्छन केटा केटी आपसमा छुट्टीनै चाहान्नन त हामीले के गर्ने ? उनका अभिभावकलाई पटक पटक सम्पर्क गरियो उनिहरु सम्पर्क मै नआए पछि उनिहरुलाई छाडियो ।
प्रहरी कार्यालयबाट निस्केका सुरज र सम्झनाको आँखामा बल्ल खुशी देखा प¥यो । सम्झनाले भनिन ‘ हाम्रो सम्वन्धलाई छुटाउने अव कसै को ताकत छैन – मुटु भक्काउँदै उनले थपिन –‘मेरो बुवा जगतबहादुर एउटा शिक्षक र कुनै दलको नेता पनि उहाँले विगतमा जाति पति केहि होईन हामी समान छौं भन्दै दलित बस्तीहरुमा छाटेको भाषणले त्यस्तो ब्यबहार गर्नु होला भन्ने मैलो सोचेकै थिएन तर उहाँको बोली र ब्यवहारमा अन्तर रहेछ ।’ सम्झनाले त्यसै गरिब दलित परिवारको घरमा स्वर्ग देखेको बताईन् । भनिन ‘ मैले सम्पति वा कुनै जात संग होईन मेरो सुरज संग प्रेम विवाह गरेकी हुँ मलाई उनको घर स्वर्ग जस्तै लागेको छ । ’ सुरज भन्छन् –‘ यदि सम्झनालाई गायव पारिएको भए उनको खोजीमा मैले ज्यान दिन पनि तयार हुन्थें ।’ उनले सम्झनालाई पाउँदा नयाँ जिवन पाएको बताए ।
भने–‘ प्रेम भन्ने कुरा जिवन रहेछ मैले सम्झनालाई पाए पछि महशुस गरेँ । ’ परिवारजनले अझै पनि षडयन्त्रको तानावान बनेर छुटाउन सक्ने भएकाले उनिहरु आजै देखि भुमिगत रहने बताए । त्यस पुर्व रुढीवादी समाजलाई चुनौती स्वरुप सम्झनाले सुरुजको हात समाते कसैले छुटाउन नसक्ने अठोटका साथ तस्वीर खिचाउन चाहिन् । उनले अक्सफोर्ड कलेज वुटवलका साथीहरुलाई मिस गर्दै भनिन् – ‘ साथीहरु तपाईहरुले मलाई दिएको बधाईप्रति धन्यवाद दिदै यदि तपाईहरु पनि म जस्तै कुनै दलित युवा संग वा दलित युवा साथीहरुले म जस्तै गैर दलित युवतीसंग लभ गर्नु भएको छ भने कुनै पनि शक्तिसंग नडराई विवाहा गर्नुहोस् यो जाति पाती ,उच निच भन्ने कुरा भ्रम हो । ’ उनका बाबु जगतबहादुर हिमालय उच्च माध्यामिक विद्यालय हस्तीचौरका सहायक प्रचार्य रहेका छन् । उनको प्रतिकृयाका लागि प्रहरीले समेत सम्पर्कमा ल्याउन सकेको छैन् ।

No comments:

Post a Comment