दलित समुदायलाई सार्वजनिक मन्दिरमा विवाह गर्न दिइएन

पर्वत , मंसिर १८,विभेद विरुद्ध अभियान ।
पर्वतको तिलाहारमा दलित समुदायलाई सार्वजनिक मन्दिरमा विवाह गर्न नदिएर धपाईएको छ । तिलाहार गाविस ९ थामार्जुङमा रहेको शिव मन्दिरमा विवाहका लागी गएका वेहुला वेहुली सहित जन्तीलाई स्थानीयले लखेटेका हुन् ।
 हिजो साँझ ७ बजे मन्दिरमा गएका दलित समुदायका व्यक्तिहरुलाई तिलाहारकै गुण खत्रीको अगुवाईमा दुव्र्यवहार गरेको जन्ती गएका लोकबहादुर नेपालीले जानकारी दिनुभयो । उक्त मन्दिर सार्वजनिक मन्दिर हो । 
यस अघि त्यहाँ जुनसुकै समुदायका व्यक्तिहरुले पूजाआजा र विवाह गर्ने गर्थे । शिव मन्दिरवाट लखेटिएपछि थामार्जुङ स्थित माईको थानमा गएर विवाह सम्पन्न गरिएको थियो ।

रेडियो दिदिबहिनी बाट

No comments:

Post a Comment