मृगौला पीडित सुभाष परियारको निधन

मंसिर २७- विभेद विरुद्ध अभियान । दुवै मृगौला काम नलाग्ने भै उपचार गरि रहेका सुभाष परियारको आज पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।         
सानैमा बाबू बिते पछि आमा र एउटा भाईको पालन पोषणको अभिभारा पूरा गर्न ३ वर्ष अघि कतार पुगेका पोखरा रानिपौवाका २२ वर्षिय सुभाष परियार कतार स्थित एक रेस्टुरेन्टमा काम गर्दागर्दै स्वास्थमा गम्भिर समस्या देखिए पछी कम्पनीको सहयोगमा अस्पताल भर्ना गरिएका थिए। अस्पतालले दुवै मृगौला काम नलाग्ने बताएको सुभाष  त्यही अस्पतालमा तीन महिना सम्म थलिएर उपचाररत थिए  । 
कम्पनीले नौ महिना अघि नेपाल फिर्ता पठाएको सुभाषको घरायसी आर्थिक अवस्था एकदमै नाजुक  भएकाले अस्पताल भर्ना गरिए देखि नै उनलाई सहयोग गर्दै आएको दलित एकता संजालले सामाजिक संजाल मा सुभाष परियार बचाउ अभियान गरेर उनको उपचारका निम्ति सहयोग गर्दै आएको थियो ।
स्वर्गीय परियारको निधन प्रति alldalit.blogspot.com हार्दिक श्रद्धाञ्जली व्यक्त गर्द्छ ।

No comments:

Post a Comment