संदीप परियारले बनाए फायर सेंसर अलर्ट यंत्र

पौष १४- विभेद विरुद्ध अभियान । दलित समुदायका त्यस माथी गरिव पारिवारिक पृष्ठभूमि र सैद्धान्तिक अध्ययन विना नै लम्जुङ् जिल्ला राइनास -६, तिनपिप्लेका संदीप परियारले  फायर सेंसर अलर्ट यंत्र बनाएर सवैलाई चकित पारेका छन् । स्थानीय माध्यमिक बिद्यालयमा शिक्षकको पेशा गरि रहेका परियारले अध्यापन गराएर बचेको समयमा अनुसन्धान र यन्त्र बनाउने गरेका थिए ।  
सम्पुर्ण सामग्री स्वबिवेकले प्रयोग गरेका परियारले आफुले खेर गएका र घरेलु सामाग्री प्रयोग गरि बनाएको यंत्रका सवै पाटपुर्जा भने उनले आफैले किनेर जुटाएका बताए । परियारले बनाएको यंत्र आगोको तापक्रम बाट चलने  र यस ले आगो लागि हुन लागेको छ है भन्ने पहिले नै जानकारी गराउँदछ। 
पारिवारिक प्रेरणाले उत्साही भएको बताउने परियारले आफूजस्ता नयाँ काम गर्न चाहने युवालाई सरकारले सहयोग गरे सजिलो हुने बताउँछन् ।

No comments:

Post a Comment