भारतको भुपालमा मृत दलितको अन्तिम संस्कारमा समेत स्थानीय हिन्दुले साथ दिएनन्


मंसिर २१- विभेद  विरुद्ध अभियान । भारतभर सांप्रदायिक सौहार्दमा चिसो पसिरहेका बेला मुस्लिम समाजले हिन्दु परम्परा अनुसार एक दलीत नेताको अन्त्यष्टी गरेको छन् । यो घटना भारत मध्य प्रदेश स्थित हलालपुर गाउँमा शुक्रबार घटेको हो ।
चुनावमा दोश्रो संप्रदायकालाई भोट दिने दलित परिवारका मुखियाको अन्तिम संस्कारमा हिंदू समाजले सहभागीता नजनाउने भएपछि मुस्लिम समाजले हिन्दु परम्परा अनुसार उनको अन्त्यष्टि गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।बिहिबार राती ७० वर्षीय रामदियाको मृत्यु भएको थियो । मुस्लिमले अन्तिम संस्कार गरेको भन्दै हिन्दु समाजका कोही पनि उनको परिवारलाई सान्तवना दिन गएका छैनन् । तर मुस्लिम समुदायका व्यक्तिहरु गएर आवश्यक सबै सहयोग गरेका छन् ।

No comments:

Post a Comment