कुखुराले भुँईँ खोतल्दा अनैतिक सम्बन्ध छरप्रष्ट भयो

मंसिर २९- विभेद विरुद्ध अभियान ।कोहलपुर-परपुरुषसंगको अनैतिक सम्बन्धबाट जन्मिएको शिशुको हत्या अभियोगमा ईलाका प्रहरी कार्यालय कोहलपुरले घटनामा संग्लन एक महिला र पुरुषलाई पक्राउ गरेको छ ।
पति घरबाहिर रहेको समयमा अनैतिक सम्बन्धबाट गर्भ रहनगई जन्मेको भनिएको नौ महिने शिशुको हत्या आरोपमा कोहलपुर–३ की तेजी विक र कोहलपुर–१२ को कर्णबहादुर परियारलाई पक्राउ गरिएको हो।
उनीहरुले मंसिर २४ गते राती जन्मेको शिशुलाई कोहलपुर–३ स्थित विकको घरनजिक खाल्डोमा गाडेका थिए । जन्मेको शिशुको हत्या अभियोगमा विक र परियारलाई पक्राउ गरि अनुसन्धान भैईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी राजीव बहादुर बस्नेतले बताए । उनीहरुलाई शुक्रबार कोहलपुरबाट पक्राउ गरिएको छ । २४ गते विकको घरनजिकै बारीको खाल्डोमा गाडेको शिशुको शव कुखुराले भुँईँ खोतल्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
पक्राउ परेकी विकलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको छ । शिशु मृत जन्मिएको हो या जन्मेपछि हत्या गरिएको अनुसन्धान भैईरहेको डिएसपी बस्नेतले भने । प्रहरीका अनुसार विकसंग अनैतिक सम्बन्ध राख्ने परियार विवाहित हुन् । विकका पति घरबाहिर रहेपनि उनी कोहलपुरका सासुससुरा, देवर र दुई छोराछोरीसंगै बस्दै आएकी थिईन् । 

No comments:

Post a Comment