जागरण मिडिया सेन्टरका अध्यक्ष विश्वकर्मा कोक्यापको अध्यक्षमा निर्वाचित

मंसिर २३- विभेद विरुद्ध अभियान । शान्तिका लागि साझा अभियान (कोक्याप)को छैठौं राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा निर्वाचित रेम विश्वकर्मालाई रेडियो जागरण र जागरण मिडिया सेन्टर बुटवलले सम्मान गरेको छ ।
जागरण मिडिया सेन्टरका अध्यक्ष विश्वकर्मा कोक्यापको अध्यक्षमा निर्वाचित हुनु गर्वको बिषय भएको भन्दै जागरणले सम्मान तथा बधाई ज्ञापन गरेको हो । मंगलबार अबेर राती बुटवलमा सम्पन्न भएको निर्वाचनमा विश्वकर्माले ३६ मत ल्याएर विजयी हुनुभएको हो ।
प्रतिद्धन्द्धी मिन नेपालीले १८ मत ल्याउनुभएको थियो । सम्मानित कार्यक्रममा बोल्दै अध्यक्ष विश्वकर्माले शान्ति र मानव अधिकारको पक्षमा काम गर्ने बताउनुभयो ।
जागरण मिडिया सेन्टर क्षेत्रिय कार्यालय प्रमुख इन्द्र विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा जागरण मिडिया सेन्टरका सचिव शिवजी गायक, जागरणका कार्यक्रम प्रमुख विनोद परियारले खादा ओढाएर सम्मान गर्नुभएको थियो ।
बुटवलमा सम्पन्न भएको निर्वाचनबाट प्रथम उपाध्यक्षमा जनक गिरी निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै द्धितिय उपाध्यक्षमा जगराज शाहीलाई हराउँदै यज्ञराज अर्याल विजयी हुनुभएको निर्वाचन मण्डलले जनाएको छ । महिला उपाध्यक्षमा भने पार्वती आग्री निर्विरोध चयन हुनुभएको छ । यसैगरि महासचिवमा कृष्ण प्रसाद पाण्डे विजयी हुनुभएको छ । पाण्डेले लक्ष्मी निरौलालाई पराजित गर्नुभएको हो ।
सचिवमा दीपेन्द्र ढकाल, कोषाध्यक्षमा पुष्प भुसाल निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत सुमन अधिकारीले बताउनुभयो । यस्तै महिला सदस्यमा जयन्ती वली, देवी थापा विजयी हुनुभएको छ ।
यसैगरि क्षेत्रिय बोर्ड सदस्यमा बसन्त नेपाल (पूर्वाञ्चल), पुष्पराज पा्रडेल (मध्यमाञ्चल), राजेन्द्र प्रसाद बस्याल (पश्चिमाञ्चल), कृष्ण सिंह देउवा (सुदुर पश्चिमाञ्चल), र दिनेशकुमार श्रेष्ठ मध्यपश्चिमाञ्चल) निर्वाचित हुनुभएको छ । यसैगरि मधेशी सदस्यमा अजय कुमार कुशहवा, जनजाती कर्णालीमा अजबहादुर शाही, सदस्य स्वयमसेवकमा पुरन दर्नाल निर्वाचित हुनुभएको छ ।
कोक्यापको १२ औं साधरणसभाम तथा छैठौं अधिवेशन बुधबार बुटवलमा नयाँ नेतृत्व चयन गरि सम्पन्न भएको हो । ४३ जिल्लाका संस्था आबद्ध रहेको कोक्यापले मानव अधिकार र शान्तिको क्षेत्रमा काम गर्दै आएको छ ।

नागरिक आवाज बाट

No comments:

Post a Comment