३०० भन्दा बढी दलित समुदायको सहभागितामा बनभोज कार्यक्रम सम्पन्न

पुस २७ , विभेद बिरुद्ध अभियान ।  ६० लाख दलित समुदायको हकअधिकारको लागि संघर्षरत संयुक्त दलित अधिकार मञ्चले यही पौष २५ गते शनिबारको दिन थानकोटको त्रिभुवन पार्कमा आयोजना गरेको राजनीतिक छलफल सहितको बनभोज कार्यक्रम भव्यरुपमा सम्पन्न भयो । 

३०० भन्दा बढी दलित समुदायको सहभागिता रहेको उक्त बनभोज कार्यक्रममा लोक गायक राजु परियार लगायतका चर्चित कलाकारहरुले साँगितिक कोशेली र नृत्य प्रस्तुत गरेका थिए भने उक्त कार्यक्रममा साउन १९ गतेका घाइते कमला हेमचुरी, भद्रमान मोते, रणबहादुर रम्तेल लगायत दलित समुदायका स्रयटाहरु डा.बुद्धि नेपाली विराट, साहित्यकार धनबहादुर खाती र कलाकार राजु परियारलाई सम्मान गरिएको थियो ।
 मञ्चका संयोजक भुवन सुनारको सभापतित्वमा सम्पन्न उक्त बनभोज कार्यक्रममा नयाँ शक्ति अभियानका अभियान्ता देवेन्द्र पौडेल प्रमुख अतिथि रहेका थिए । 
मञ्चको अध्यक्ष मण्डलका सदस्य तारासिँह विश्वकर्माले मञ्चको राजनीतिक गतिविधिका बारेमा प्रष्ट पारेका थिए भने अध्यक्ष मण्डलका सदस्य रणबहादुर रम्तेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम संचालन सचिवालयका सदस्य लक्ष्मण बर्देवाले गरेका थिए ।

तस्बिर र जानकारी स्रोत :- रण बहादुर रम्तेल ज्युको फेसबुक 

No comments:

Post a Comment