५ वर्षे छोरालाई सुतेकै ठाउँमा छाडेर श्रीमती हिँडिन

सुर्खेत, पुस २६ - सुर्खेतको भेरीगंगा नगरपालिका–८ कालिदमारकी नन्दा बस्याल सार्कीले मलेसियामा कार्यरत श्रीमानले पठाएको ३ लाख रुपैयाँ लिएर अर्कैसँग बिबाह गरेकी छिन् ।  पाँच वर्षको बच्चालाई सुतेको अवस्थामा घरमै छाडेर नन्दाले यही पुस १३ गते भेरीगंगा नगरपालिका–१५ रामघाटका राजु रम्तेलसँग विवाह गरेकी हुन । नन्दाका श्रीमान तिलक बहादुर सार्की रोजगारीका लागि मलेसियामा हुनुहुन्छ । तिलकका दाजु  चन्द्रवीर सार्कीले भाइले विदेशवाट दुख गरी कमाएर पठाएको रकम लिएर बुहारी नन्दाले अर्केसँग विवाह गरेको जानकारी दिनुभयो । 

उहाँले नन्दाले विभिन्न सहकारीबाट ऋण लिएको ३ लाख ३० हजार नगद रुपैयाँ पनि हिनामिना गरेको उल्लेख गर्नुभयो । तिलकका आफन्तले नन्दालाई पक्राउ गरी रकम अशुल उपर गर्न माग गदै इलाका प्रहरी कार्यालय छिन्चुमा उजुरी दर्ता गरेको वताएका छन । आफन्तले इलाका प्रहरी कार्यालय छिन्चुमा ३ लाख रकम असुल गरी पाउँ भन्दै नन्दा विरुद्ध उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी सहायक निरिक्षक जय बहादुर रावतले पीडितले उजूरी दिएकाले दुवै जनालाई पक्राउ गरी कारवाही अघि वढाउने जानकारी दिनुभयो । उहाँले नन्दा र रम्तेललाई पक्राउ गरी घटनाबारे छिटटै अनुसन्धान अघि वढाउने समेत बताउनुभयो ।  

स्रोत : ujyaaloonline

No comments:

Post a Comment