२० बर्ष देखि ढाडको डल्लो बोकेर हिडेका रमेश गैरे सहयोगी हातको खोजीमा

काठमाडौं, पुस २४ –विभेद विरुद्ध अभियान । दुई वर्षको उमेरमा देखिएको समस्याको २२ वर्ष पुग्दासम्म उपचार हुन नसकेपछि पाल्पा ख्याहा गाविस–१ का रमेश गैरे सहयोगको खोजीमा हुनुहुन्छ ।  पहिले शरीरमा सानो डल्लो देखिँदा सामान्य सोचेर बसेका रमेश समस्या बढ्दै गएर अप्रेशन गर्नुपर्ने भएपछि उपचारका लागि सहयोगी हातको खोजीमा हुनुहुन्छ । जन्मिँदा सामान्य अवस्था भएपनी दुई वर्षको उमेरमा रमेशको शरीरको पछाडिको भागमा सानो डल्लो देखिएकाले पाल्पाकै मिसन अस्पतालमा देखाउनुभयो । अस्पतालले हड्डीको टिबी भएको भनेर औषधी दियो । औषधी खाँदा पनि शरीरमा देखिएको डल्लो बढ्दै गएर समस्या झनै बढ्यो । उहाँका दाइ विष्णु भाइको उपचारका लागि हरसम्भव प्रयासमा लाग्नुभयो । विभिन्न अस्पतालहरुमा लग्नुभयो ।  उमेर बढ्दै जाँदा त्यो डल्लो पनि बढ्दै गएपछि ७/८ वर्ष अगाडी काभ्रेको बनेपामा रहेको हाडजोर्नीसम्बन्धी अस्पतालमा देखाउनुभयो । 
अस्पतालमा ६ महिनासम्म उपचार गर्दा समस्या सामान्य भएको र त्यो डल्लो यत्तिकै छाडदिँदा हुने सल्लाह डाक्टरले दिए । केही समयसम्म त खासै समस्या देखिएन तर ४/५ महिना पहिले स्वासप्रश्वासमा समस्या देखिएर मिसन अस्पतालमै देखाउँदा त्यहि हड्डी बढेका कारण समस्या भएको बतायो ।  २ वर्षको उमेरमा देखिएको समस्याले रमेशलाई २२ वर्ष पुग्दासमेत दुःख दिइरहेको छ । मिसन अस्पतालकै सल्लाहमा उपचारका लागि भारतको मुम्बईसम्म पुग्नुभयो । मुम्बई अस्पतालले अप्रेशन गर्दा समस्या हुने र योगामार्फत उपचार गराउने सल्लाह दिएको जानकारी दिनुहुन्छ रमेशका दाइ विष्णु । अहिले बिबिएस तेश्रो वर्षमा अध्ययनरत रमेश दुःखका बेला जसले जहाँ भन्छ त्यहि जानुभयो कसैको सुझाव उहाँका लागि औषधी बनेर आएन ।
 हरिद्वारमा बाबा रामदेवको योगा आश्रममा जाँदा यस्तो अवस्थामा योगा गर्नै नहुने भनेर फर्काइयो । मिसन अस्पतालकै डाक्टरको सल्लाहमा गैरे परिवार दिल्लीमा रहेको इन्डियन स्पाइनल इन्जुरिज सेन्टरमा पुग्यो  ।  अस्पतालले चाडै अप्रेशन गर्नुपर्ने बताएपछि गैरे परिवार खर्च जुटाउन भौतारिरहेको छ । परिवारको आर्थिक अवस्था राम्रो नभएको भन्दै विष्णुले भाइको अप्रेशनका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको छ । सहयोगी हातहरु जुटे २२ वर्षदेखि देखिएको समस्याको उपचार पाइने आशामा रमेश अस्पतालमा कुरिरहनुभएको छ ।   

No comments:

Post a Comment