दलित एकता संजाल युएईले दोस्रो बार्षिक उत्सब मनायो

12571390_502042426643828_822040193_n
युएइ, माघ ०९ , विभेद बिरुद्ध अभियान - दलित एकता संजाल नेपाल, युएईले विभिन्न आरोह अबरोह पार गर्दै दोस्रो बर्ष पुरा गरि तेस्रो बर्षमा प्रवेश  गरेको अबसरमा गत २२ तारीख शुक्रबारका दिन एक औपचारिक कार्यक्रमको आयोजना गरि आफ्नो दोस्रो बार्षिक उत्सब मनाएको छ ।
"दलित एकता आजको आवश्यकता, छुवाछूत मुक्त समाज निर्माणका लागि सम्पुर्ण नेपालीको सहभागिता" भन्ने मुल नाराका साथ आफ्नो मानो खाई आफ्नो मुक्ति लागि जहाँ छौँ त्यहीँबाट उठौ भन्ने भावना जागृत गराउदै विश्व भरी छरिएर रहेका दलित समुदायलाई एकीकृत गर्दै हाम्रो समाजमा बिद्यमान  कुसंस्कार, छुवाछूत, भेदभावलाई अन्त्य गर्दै समाजका अन्य बर्गहरु संग सहकार्य गर्दै, समतामूलक समाज निर्माणका लागि एउटा शुद्ध सामाजिक अभियानका रूपमा बिदेशबाट स्थापित संजाल युएईले दुबईको जाबिल पार्कमा एक कार्यक्रमको आयोजना गरी गत २२ तारीख शुक्रबारका दिन सम्पन्न गरेको हो |
संजाल युएईका अध्यक्ष बिनोद कुमार गोतामे बिस्वकर्माको अध्यक्षता सम्पन्न कार्यक्रममा संजाल युएईका प्रमुख सल्लाहकार पदम नेपाली प्रमुख अतिथि रहेका थिए | संजाल सचिब चित्र नेपालीले कार्यक्रम संचालन गर्दै संजालका गतिविधि सहित प्रतिबेदन प्रस्तुत गरेका थिए भने संजाल कि कोषाध्यक्ष बिनिता बिकले स्वागत मन्तव्य दिएकी हुन |
कार्यक्रममा बोल्दै प्रमुख अथिती पदम नेपालीले विश्व आज एकाईसौ सताब्दीमा परिबेश गरिसक्दा नेपालमा पनि छुवाछूत  भेदभाव विरुद्ध कानुन बनी सक्दा समेत नेपालका गाउँ बस्ती देखि बिकसित भनिएका शहर बजारमा भेदभाव कायम रहेको उल्लेख गर्दै यस्का विरुद्ध सबै दलित समुदाय एकजुट हुनुपर्ने कुरामा जोड दिए, अतिथी बिपिका पोख्रेलले यो भेदभाव दलितको मात्र नभै सबै नेपाली भएको र यस्को लागि समाजका सबै एकजुट हुनुपर्ने बताएकी थिइन । दुबई क्षेत्रिय समिति अध्यक्ष कृष्ण बिक,  लगायत उपस्थितले आ-आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको बिच-बिचमा संजाल कलाकार समूहका कमल परियार, सन्तोष परियार, राजु परियार, सुरज परियार, सुर्य बिनायक बिक लगायतले आ-आफ्नो प्रस्तुतिले उपस्थितलाई मनोरंजन प्रदान थिए ।
संजाल युएईका अध्यक्ष बिनोद कुमार गोतामेले दलित एकता संजाल नेपालका बारेमा बिस्तृत जानकारी सहित औपचारिक कार्यक्रमको अन्त्य भएको घोषणा गरेका थिए | कार्यक्रम जलपान गरि सम्पन्न भएको थियो ।

No comments:

Post a Comment