माघ २- विभेद विरुद्ध अभियान । बैशाख १२ को विनासकारी भूकम्पले नेपालमा ठूलै क्षति दिएर गयो । भूकम्पले क्षतिमात्र पुगाएन सधै दुःखिरहेन अल्झि रहने पिडाको भारीपनि भत्केका घरको एक छेउमा छोडेर गयो ।हो कसैलाई थाहा हुदैन भूकम्प कहिले र कसरी आउछ भनेर । आयो गयो । तर दुःख केहि समयलाई हुन्छ । मान्छे विस्तारै सर्घष गर्छ । दुःख कम हुन्छन । तर केहि घटनाहरु भने सधै बल्झि रहने घाउ बन्छन् । गत पुष २९ गते दोलखा पुग्दा विनासकारी भूकम्प गएको पनि नौ महिना पुरा हुदै थियो । जाडोको मौसम त्यसैमा अभावको जिन्दगी । पिडा नै पिडा ।
टाटा सुमोको पछाडी बसेर भूकम्प प्रभावित जिल्ला राजमार्ग छेउछाउका बस्ती आँखाले भ्याए सम्म नियालें सकेजति ती बस्तीका दृश्य आँखामा कैद गरें । दोलखाको मेलुङ ८ पुग्दा साँझ पर्दै थियो । पहिला नै कति जनालाई कसरी राहत बाढ्ने भन्ने कुरा त्यहाँका दलित एकता समाजकी महासचिव सरु सुनारले चाजो पाजो मिलाई सक्नु भएको थियो ।सरकारले भूकम्प आएपछि दाता सम्मेलन गरे । त्यहि दाता सम्मेलन गरेको भन्दै पूर्व अर्थमन्त्रीलाई विश्वको सफल अर्थमन्त्रीको सुचिमा सुचिकृत गरियो ।
तर दोलखा मेलुङका पहल बहादुर सार्कीका आँसु नँत दाताले दिएका पैसाले पुछ्न सकेको छ नँ नेपालका सफल अर्थशास्त्रीको अर्थनीतिले नैं । पहल बहादुरको जीन्दगीको व्यथा सुनें उनको जिन्दगी त दुःखैको रहेछ । दुःखिका दुःख र समुन्द्रको पानी कहिल्यै रित्तिदो रहन छ । उनले त्यसो भनिरहदा उनको छेउमै बसेकी उनकी श्रीमतिले भनिन ‘हजुर हाम्रा दिन त कहिल्यैै नर्फकने रहेछन् । यसरी नै बाँच्नु पर्नेरहेछ ।’ पहल सार्कीले आँसु पुच्छदै भने ‘बस्ने बास बाँसको कटेरो छ । जस्तापाता बाट रातभरी शित चुहुन्छ । सुत्न मिल्दैन । तमाखु खाएर रात बिताउछु । आफै घर बनाउन सक्ने आम्दानी छैन । सरकारले घर बनाइ देला र ज्यान बच्ला भन्ने आश पनि मर्न थालिसक्यो ।’ उनको जीवनले ६३ बर्ष काटीसकेको रहेछ । उनको अनुहार बुढ्यौलिले छोपेको थियो । चाउरीएको अनुहार । सेता फुलेका दारी ।
आजभोलि उनको दैनिक जीवन फरक छ । दिनमा केहि काम गर्छन । कहिकतै काम गरेर खानको जोहो गर्छन । दिन त घाम र कामसंगै बित्छ । कुनै दिन डोको डालो बुनेर बित्छ । तर रात भने उनको तम्बाकु खाएर बित्छ ।उनले भने मेरो रातको साथि तम्बाकु छ । तम्बाकु खान्छु । बाहिर आउँछु आकास तिर हेर्छु । उज्यालो हुने प्रहर गन्छु । उनले आँखा भरी आँसु झादै भने भूकम्पपछि त चाडबाड पनि नआए हुन्थ्यो जस्तो लाग्छ । घरमा भएको सबै सकिगयो । जोड जाम गर्न सकिएको छैन । गरिबको लागि किन आउँदो होला चाडबाड पनि ?
ऋण खोज्यो ४ प्रतिशत ब्याज भन्छन् । नखोजुँ छोरा छोरी मान्दैनन । आँसु पुच्छदै उनले भने भूकम्पछि दशै आयो, तिहार आयो । आँसु बगेकै छन् । दशै तिहार आए गए । माघी आयो खल्तीमा पैसा छैन । राहतमा पाएको पैसाले पेट पाल्न धौधौ छ । लाग्छ चाडबाड नआए पनि हुन्थ्यो । तर मैले भनेर हुदैन । रितिथिति हो आउँछ । सके नसकेपनि मनाउनै प¥यो । लाग्छ सरकारले भूकम्प पिडितका नाममा जे जति घोषणा गरेपनि त्यसको प्रभाव गाँउ गाँउमा पुग्न नसक्नु बिडम्बना छ । भूकम्प गएको एक बर्ष पुग्नैलाग्दा पनि हजारौ पहलबहादुरका आँसु थामिएका छैनन ।उनले भने गाविस सचिव र नेताहरु कार्यक्रममा आउछन् फुलमाला लगाउछन् जान्छन् । उनलाई हाम्रा दुःखको कुनै वास्ता छैन । सांसद कस्ता छन् देखेका छैनौ । यता आएपनि उनका आफन्तले र फुलमालाले घेरीएका हुन्छन् । हाम्रा आँसु र उनका आँखाले देख्दैनन । हामी गरिबका आँसुको कुनै मोल नै छैन । कसलाई सुनाउनु यो पिडा । पिडाको समाधान हुने भए सुनाउनु । भत्केका घर बन्ने सपना सपना नै रहने भए । सरकारको कमजोरीका कारण यस्तो जाडोमा पनि कपडा पाएनौ । जब कि सरकार आफैले न्यानो कपडा कार्यक्रम घोषणा गरेको छ । सरकार आस देखाउछ दिदैन आँसु बगेका गाला पुछ्दै उनले भने । उनीसंगै राहत बुझ्न आएका सबैका मुहारमा केहि हाँसोका धर्साहरु थिए । तर सहजै बुझन सकिन्थ्यो उनको दुःख र पिडाको संसार बेग्लै थियो ।अहिले पनि उनको सपना धेरै ठूलो छैन । एउटा सानो ओतलाग्ने घर । जुन घरको छानोबाट पानी नचुहोस । हिउँदका चिसा रातहरुमा ओसका थोपा नझरुन । विहानीमा घामको पहिलो किरणमा टल्कने ओसका थोपा मोति जस्तै देखिन्छन् । तर भूकम्प पछि कयौको जीवनमा यहि ओसका थोपा मृत्यु बोकेर पनि आएका छन् । अहिले सम्म मेलुङमा मृत्यु त बनेका छैनन ओसका थोपा । तर हरेक रात चिसो छोडेर जान्छन् मेलुङका पहलबहादुरकालागि । कति बर्ष बर्षाको पानी र हिउँदका ओस यहि जस्तापाताको साथ बिताउनु पर्ने हो उनलाई थाहा छैन ।उनले दलित एकता समाज नेपालले वितरण गरेको राहत एक ब्ल्याङकेट र एक म्याट्रेस बोकेर जान लाग्दा सोधे कस्तो लागिरहेको छ ?उनले भने राहतले केहि राहत भएको छ । सर हामी गरीबका आँसु त सधै साथि भएर रहने भए । काठमाडौलाई सुनाइदिनुहोला मेरा आँसुको कथा ।
नेपालपाटी डटकम बाट
No comments:
Post a Comment