“हाम्रो छोरालाई बचाई दिनुहोस् !” :नरकुमारी दर्जी

बिमल खड्का, बुर्तिवाङ २०७२ माघ १०,विभेद बिरुद्ध अभियान । बागलुङ जिल्लाको भिङगिठे गाउँ विकास समितिका एक बालकमा अनौठो प्रकारको छालाको रोग देखा परेको छ । भिङगिठे गाविसको वडा नं ५ सिद्धथानका रमेश दर्जीको छालामा अनौठो प्रकारको रोग देखा परेको हो । २०६२ साल मंसीर १२ गते जन्मिएका रमेशकोे शरीरमा आगोले पोलेजस्तो कालो धब्बा आएको छ भने टाउकोमा रौँ र शरीरमा छाला पनि छैन ।
उनकी ३२ वर्षिया आमा नरकुमारी दर्जी भन्छिन्, ‘रमेश जन्मदा स्वस्थ रुपमा नै जन्मिएको थियो । उ ७ दिनको हुँदा शरीरको छालामा फोका देखियो । त्यस लगत्तै बागलुङमा सामान्य चेकजाँच गराएपछि थप उपचारको लागि डाक्टरहरुले भरतपुर हस्पिटलमा लैजान भनेका थिए ।’
‘जन्मेको केही समयसम्म आफै हिँड्डुल गर्न सक्ने रमेश ४ वर्षको उमेर पुग्दा गाउँकै खड्ककोट निमाविमा पढ्न गएको थियो । तर उमेर बढ्दै गएपछि विस्तारै उसमा स्वास्थ्य समस्या बढ्दै गएकोले अहिले हिँड्डुल गर्न पनि नसक्ने अवस्थामा पुगेको छ । ६ वर्ष भएदेखि घस्रिन पनि छोड्यो,’ आँखाबाट बरबर्ती आँशु झार्दै आमा नरकुमारीले भनिन्, ‘अहिले बोकेरै दिसा–पिसाब, भित्र–बाहिर गराउँदै आएका छौँ ।’
darjee


रमेशका ३६ वर्षिय बाबु नन्दबहादुर दर्जीले धौलाश्री अनलाईनसं कुरा गर्दै भने, ‘बागलुङ र बुटवलमा दुई–दुईपटक उपचारमा लग्यौँ, ऋण गरेको ५० हजारभन्दा बढी सकियो, डाक्टरले छालासम्बन्धी रोग हो, अप्रेसन गरी छाला फेर्नुपर्ने र त्यसका लागि ५–६ लाख लाग्ने बताएपछि दर्जी परिवार छोराको उपचार गर्न नसकिने भनी हरेस खाएका छौँ ।’

rames-darjee final
‘रमेशले भोकलाग्यो भने खाना र दिसापिसाव आयो भने नबुझिने बोली र ईशाराबाट संकेत गर्ने गर्छ, गहभरी आँशु निकालेर बाबु नन्दबहादुरले धौलाश्रीसंग भने, ‘छोराको यो पीडालाई असाहाय बनेर हेर्नु सिवाय अर्को बिकल्प हाम्रो छैन । उसको भाग्यमा जति बाँच्न लेखेको छ, बाँच्छ भनी निराश भएका थियौँ हाल रमेशको उपचार गर्न देशविदेशबाट सहयोग प्राप्त हुने खबरले केहि आशा र भरोशा पलाएको छ ।’

शरीरमा छाला र टाउकोमा रौँ नभएका रमेश सहारा लिएर मात्र हिँड्डुल गर्छन् । छेउमा लगिदिए उनी आफैँ खाना खान सक्छन् । तर उनी राम्रो सगं कान सुन्न र बोल्न सक्दैनन् । दर्जी परिवारले रमेशको उपचारका लागि गाउँमा धामीझाँक्रीदेखि डाक्टरलाई समेत देखाई सकेपनि उपचार हुन नसकेकोमा रमेशका बाबुआमा चिन्तामा डुबेका छन् ।
रमेशको शरीरमा छाला नभएकाले शल्यक्रिया गरी छाला हाल्न चिकित्सकले परिवारलाई सुझाब दिएका छन् । तर, कमजोर आर्थिक अवस्थाका कारण रमेशको उपचार गर्न परिवारले सकिरहेको छैन ।
dn (2)
रमेशका बाबु नन्दबहादुरमा पनि शारीरिक अपांगता छ । सामान्य हिँडड्डुल गर्न सके पनि गाह्रो र मिहिनेत पर्ने काम गर्न सक्दैनन् । उनका चार छोरा छन् । रमेश माइला छोरा हुन् । जेठा छोरा सन्दीप कक्षा ६, साइँलो छोरा प्रदीप कक्षा १ मा र कान्छो छोरा दुई वर्षका छन् । रमेशबाहेक अन्य सबै सन्तान राम्रा छन् । रमेशको छाला पाकी रहने हुन्दा शरीरबाट दुर्गन्ध आउने गरेको छ ।

दर्जी परिवार सुकुम्वासी जीवन बिताउँदै आएको छ । १२ वर्षअघि आफ्नै सानो बारीमा बस्दै आएका उनीहरू अहिले सुकुम्वासी बस्तीमा बस्दै आएका छन् । यसरी आफ्नो छोरामा अनौठो रोग देखा परेको र आर्थिक अभावमा उपचार सम्भव नभएपछि उनीहरुले सहयोगका लागी सबैसगं अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएको दर्जी परिवार छोराको उपचारका लागि आर्थिक सहयोगको पर्खाइमा रहेको छ ।
dn (1)
करिब दुई हप्ता पहिले एनसेलको टावर राख्न भिङगिठे पुगेको सिभिल ईन्जिनियर विज्ञान ज्ञवाली सहितको प्राविधिक टोलीले एक बालकलाई अनौठोरुपमा देखेपछी उसको तस्वीर खिचे र सामाजिक सन्जालमा पोस्ट गरे । तत्पश्चात विगत ११ वर्ष देखी अर्थाभावले उपचार हुन नसकी निरीह अवस्थामा मृत्युलाई पर्खि बसेको अनौठो रुपको अस्वस्थ्य बालक रमेश दर्जीको विषयमा थप जानकारी बाहिर आउन सकेको हो, जसको फलस्वरुप यहि माघ ७ गते रमेशलाई ‘क’ वर्गको अपाँगता परिचय पत्र दिईयो । यस अघी रमेशलाई ‘ख’ वर्गको अपाँगता परिचय पत्र दिईएको थियो ।

रमेश बारे समाचार प्रकाशमा आएपछी उनको उपचारका निम्ति देश विदेशबाट सहयोग प्राप्त हुन थालेको छ । सामाजिक सन्जाल फेसबुक र विभिन्न अनलाईन समाचारहरुमा रमेशका बारेमा समाचार सम्प्रेषण भएपछी सहयोग जुट्ने सिलसिला जारीे छ । रमेशका बुबाआमाले सहयोग गर्न ईच्छुक सहयोगीहरुलाई सजिलो होस भनी नेपाल बैकं बुर्तिवाङमो खाता न. १२१०००१०१११० खोली सबैसंग सहयोगको अपील गरेका छन् । साथै मोबाईल फोनं ९८०५२०७८७३ मा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।
dn
अहिले सम्म बैँकको खातामा क-कसबाट के-कति रकम जम्मा भयो र क-कसले फोनमा सम्पर्क गरी सहयोग गर्ने बताएका छन ? भनी रमेशका बाबु नन्दबहादुरलाई प्रश्न गर्दा उनले, ‘बैँकमा क-कसले जम्मा गरिदिए थाहा नभएको बताए । उनले बैँकमा नै सोधिदिन पनि आग्रह गरे । बुर्तिवाङ स्थित नेपाल बैँकमा उनिहरुले खोलेको खातामा आज आईतवार दिउसो सम्म खाता खोल्दा जम्मा गरेको रकम बाहेक कसैले जम्मा नगरेको बैँकले जानकारी दियो ।

तर उता सामाजिक सन्चाल फेसबुकमा रमेशको उपचारका लागि विभिन्न व्यक्तिहरुले तस्वीर सहित सहयोग प्रदान गरिरहेको जानकारी दिएका छन् । स्वदेश र विदेशमा रमेशका लागि सहयोग जुटेने सिलसिला जारी रहेकोले संकलित रकमको समायोजन र पीडित परिवार समक्ष छिटो पुराएर शिघ्राति शिघ्र रमेशको उपचारको व्यवस्था मिलाउन स्थानीय समाजसेवीहरुले एक समाति गठन गरी रकम सकलनको चाँजो पाँजो मिलाउनु पर्ने आवश्यकता देखिन्छ ताकि संकलित रकमको दुरुपयोग हुन नपाओस् र सहृदयदाताहरुले प्रदान गरेको सहयोग बास्तविक पीडितसम्म पुग्न सकोस् ।
Rajbin Thapa
बागलुङ समाज जापानको फेसबुकमा रमेश दर्जीलाई सहयोग प्रदान गर्ने दाताहरुले आफनो तस्वीर र सहयोग राशी समेत उल्लेख गरी जानकारी दिएको बारेमा जिज्ञासा व्यक्त गर्दै धौलाश्रीले बागलुङ समाज जापानका अध्यक्ष राजविन थापासंग रमेशका लागि सक्दो सहयोग जुटाउन विशेष आग्रह गरेको छ । उनले यसलाई सकारात्मकरुपमा लिएर सहयोग संकलनमा जुटेने जानकारी गराएका छन् ।

यसैगरी गल्कोट हटियाका कमल बोहोराबाट ३ हजार यान, गल्कोट मल्म आगाखेतका अर्जुन थापाबाट ३ हजार, गल्कोट हरिचौरकी शिल्पा बस्नेतबाट ३ हजार, गल्कोट हरिचौरका पमबहादुर बस्नेतबाट १० हजार , गल्कोट हिलका इन्द्रबहादुर थापाबाट ५ हजार, कपिलबस्तुका कृष्णप्रसाद भट्टराईबाट ५ हजार १ सय, गल्कोट मल्म आँगाखेतका मिठु थापाबाट ३ हजार , गल्कोट हटियाका कर्ण भण्डारीबाट १० हजार, नवलपरासी कावासोतीका यादव केसीबाट ११ हजार १ सय ११ , गल्कोट मल्मका घनश्याम गौतमबाट ५ हजार , हटियाका रामु थापाबाट ५ हजार , कुँडुले समाज जापानका अध्यक्ष प्रेम आचार्यबाट ५ हजार , हरिचौरका भेषनाथ गौतमबाट ५ हजार , बिहुँका मिलन कँडेलबा १० हजार, हटियाकी रमा भण्डारीबाट ४ हजार, काठमाडौ चाहविलका भूवन अधिकारीबाट १० हजार, नरेठाँटीका राजु केसीबाट ११ हजार १ सय ५१, दमेकका हरिराम सापकोटाबाट ५ हजार, नेपालगन्जका गोकुल कँडेलबाट ५ हजार ५ सया ५१, हटियाका बमबहादुर खत्रीबाट १० हजार, मल्मका प्रदीप थापाबाट ५ हजार, काठमाडौ कपनकी सन्तोषी रानाबाट २ हजार, काभ्रेका हरिश्चन्द्र लामाबाट ७ हजार सहयोग प्राप्त भएको र सहयोग प्राप्त हुने क्रम जारी रहेको अध्यक्ष थापाले धौलाश्रीलाई जानकारी दिएका छन् ।
जापान मात्र नभएर विश्वका विभिन्न भागमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुको सानो सहयोगमात्रले एक दलित र गरीब परिवारमा जन्मिएर आर्थिक अभावले उपचार गर्न नपाएर मृत्युको पर्खाईमा रहेका रमेश दर्जीलाई पुनर्जीवन प्राप्त हुनेछ भन्ने कुरामा कसैको दुईमत हुन सक्तैन ।

source:- ebaglung

No comments:

Post a Comment