विद्यालयबाट गाउँभरिका दलित बस्तीलाई पिउने पानी उपलब्ध

माघ २, विभेद बिरुद्ध अभियान ।महोत्तरी– महोत्तरीको गौशालास्थित त्रिभुवन उच्चमाध्यमिक विद्यालयमा अनुदानमा निर्मित भएको चापाकलबाट गाउँभरिका मानिसले पानी पिउन पाएका छन् ।

स्वर्गीय मुकुन्द खनाल स्मृति प्रतिष्ठान गौशालाले विद्यालयको प्राङ्गणमा रु दुई लाखको लागतमा दुईवटा चापाकल निर्माण गरिदिएपछि नजिकै रहेको गाउँका सयभन्दा बढी घरपरिवारले स्वच्छ पानी पिउन पाएका हुन् ।

प्रायः न्यूनस्तर एवम् दलित परिवारका बस्ती रहेको सो गाउँका मानिस पानी लिन त्यहाँ आउने गरेको विद्यालयका शिक्षक भोगेन्द्र महतोले जानकारी दिए । बिहान र बेलुकाको समयमा विद्यालयले निर्बाध रुपमा पानी उपलब्ध गराउँदै आएको शिक्षक महतोले बताए ।
विद्यालयमा लामो समयदेखि खानेपानीको अभाव भएपछि प्रतिष्ठानले विद्यालयको प्राङ्गणमा खानेपानीको व्यवस्था गरिदिएको हो ।

गत वर्ष मुकुन्द खनालको स्मृति दिवसको अवसरमा दुईवटा चापाकल, पानी राख्ने ट्याङ्की एवम् शौचालयसम्म पानी पु¥याउने कार्य सम्पन्न गरेको प्रतिष्ठानका संरक्षक भरतप्रसाद उपाध्ययले जानकारी दिनुभयो । पानीको अभावमा कोकाकूल रहेको सो गाउँका मानिस अब विद्यालयबाट पानी पाएपछि हर्षित भएका छन् ।
स्रोत :ratopati

No comments:

Post a Comment