दलित समुदायको बस्तीमा डोजर चलाएपछि माघको जाडोमा बिजोग

शुक्रबार, ८ माघ,सनिउल्ला धोबी,कपिलवस्तु- विभेद विरुद्ध अभियान  । कपिलवस्तुको बहादुरगन्ज ४ जुमिलाका दलितबस्तीका परिवार माघको जाडोमा परालको आगो ताप्दै रात विताउन बध्य भएको खवर नेपाल सन्देशमा प्रकासित भएको छ । 
जुमिलामा रहेको प्राथामिक बिद्यालय जुमिलाका शिक्षक विद्यार्थीहरुले गत पुस २५ गते जुमिलावासीको घर भत्काइदिए पछी त्यहा मानिसहरु जाडोमा परालको आगो बालेर काठङग्रीएर रात दिन विताउन बध्य भएका छन् ।प्राथामिक बिद्यालय जुमिलाको सडककोे जग्गामा बिगत ३० बर्षदेखी बस्दै आएका दुई दर्जन भन्दा बढि दलित परिवारका घर टहराहरुलाई जाडोको याममा अर्को व्यवस्थापन नगरी प्रहरी प्रशासनको सहयोगमा डोजर प्रयोग गरि भत्काएको भन्दै पिडीतहरुले गुनासो गरेका छन ।प्राथामिक बिद्यालय जुमिलाका व्यावस्थापन समितिका अध्यक्ष लालमन चौधरीले जाडोमा विगत ३० बर्ष देखी बस्दै आएको हामीलाई विहिन बनाएको पिडितहरुले बताएका छन ।विद्यालयले केहि समय नदिई जवरजस्ती हाम्रो घर भत्काएको पिडित विसाई रैदासले बताए ।
 २५ परिवार भएका आज्ञराम कहारअहिले खुल्ला आकाश मुनि बसेर आफुहरुसगँ गलत भयो न्याय पाउ भन्दै विभिन्न निकायको ढोकाढकढकई रहेको बताए ।२५ घर दलित परिवार भएको नाताले हामीलाई घरवार विहिन बनाइएको पुन्वासी रैदासले दुखेसो पाखे ।यता यस्तो घट्ना प्रति मधेश मानव अधिकार गृह (माहुरी होम) को गम्भिर ध्यानाकर्षण भएको छ ।उक्त जग्गामा बसिरहेका घर परिवारहरु मध्ये वास्तविक भुमिहिनहरुको बारेमा नबुझी घर टहरा भत्काईनु आफैमा अमानविय कृयाकलाप भएको भन्दै घटनाको घोर निन्दा गरेको छ ।अहिले बालबालिकाको साथै त्यहाका नागरिकहरु यस्तो चिसो याममा खुल्ला आकास मुनी बस्न बाध्य भएका छन् ।तसर्थः ति परिवारहरुको आवास तथा भूमि माथिको अधिकार सुनिश्चिताकालागि तत्काल बैकल्पिक व्ययवस्था गरी स्थानान्तरण गर्न राज्यका सम्बन्धित निकायहरुसंग माहुरी होमले विज्ञाप्ती निकालेर माग गरेको छ ।साथै भूमिहिन माथि राज्य पक्षबाट हुदै आइरहेको अमानविय कार्यहरु तत्काल रोकी राज्य पक्ष जिम्मेवार भई नितिगत तहबाटै वास्तविक भूमिहिनहरुको पहिचान गरि उनिहरुको न्यूनतम आधारभुत आवश्यकता बास, गास र कपासको बैकल्पिक व्यवस्था गरेर मात्र स्थानान्तरण गर्न माहुरी होमका अध्यक्ष रविन्द्रनाथ ठाकुरले आग्रह गरेका छन ।यस्तै सोही विद्यालयका अध्यक्ष लालमान चौधरीले अदालतको निणर्य अनुसार आफुहरु विद्यालयको जग्गा खाँली गराएको बताए छन ।विद्यालयले पटक पटक सुचना निकालि जग्ग खाली अनुरोध गर्दा पनि जग्ग खाली नगरेको हुनाले आफुहरु बाध्य भएर जमिन खाली गराएको बताए ।


No comments:

Post a Comment