हाम्रो एकताले आम दलित समुदायले मुक्तिको सास फेर्ने छन -खडक गैरे(सार्की)


माघ ८ , विभेद बिरुद्ध अभियान । नेपालको अन्तरिम संविधानमा कानूनी रुपमै जातिय भेदभाव तथा छुवाछुत प्रथाको अन्त्य तथा दोषी उपर कानूनी कारवाहीको व्यवस्था गरिए पनि सदियौं देखि नेपाली समाजमा विद्यमान कूरीति, जातिय वर्गिकरणको आधारमा हुदै आएको छुवाछुत जस्ता अमानविय व्यवहारको शिकार दलित समुदाय बन्दै आएको छन । ६० लाख जनसंख्या रहेको यो समुदाय जातले मात्रै दलित भएका हैनन । पहिलो कुरा त् राज्य ब्यबस्था बाट आज सम्म सामाजिक, आर्थिक, राजनीति, शैक्षिकका साथै राज्यमा पहुँचबाट वञ्चित गरिएकाले यथार्थमा दलित भएका छौ । दोस्रो कुरा,  बर्षौ देखि सवैले पिडा भोगेको छ ,उत्पीडनको जातोमा पिल्सिएको छ तर दलित समुदायले स्वबिबेकले आफैभित्रको भित्रको बिहेबारी, मर्दापर्दाको सहयोग एव असमानता, आन्तरिक विभेदविरुद्धको अभियान चलाउन  र छुवाछुत व्यवहारलाई समेत अन्त्य गर्ने दृढता देखाउन सकेको छैन। एउटै सुत्रमा एकतावद्ध भई सवै प्रकारका विभेद ,अशिक्षा, कुरिति, कुसंस्कार, गरिबी, असमानता र सामाजिक न्याय,हिंसा र भेदभाव जस्ता सामाजिक कलंकको रुपमा रहेको अपराधीक कु संस्कारलाई निम्ट्यान्न पर्न एकताबद्ध  हुन अझै सम्म सकिरहेका छैनौ । यधपी हामी निराकरणको थालनी र प्रयाशका होस भन्ने ठुला ठुला ओठे कुरा गर्छौ  तर ब्यबहारिक एकता गर्ने हुने बेलामा अहम्ताको सिङगौरी खेल्छौ ।फलतः  पछिल्लो सतरी बर्ष देखि दलित आन्दोलन मार्फत समता, पहिचान, आत्मसम्मान, अधिकार, न्याय र विकास खोजी राखेका छौ तर पनि  दलितको लागि भनेर जुटेका, स्थापित भएका संघसंगठन एव राजनीतिक भातृसंगठन बीचको शब्द र परिभाषाको खेलले, ओठे कुराले, बेमेलले आज नयाँ संविधानमा  र कार्यान्वयन हुने बेला सम्म दलित समुदाय प्रतिको घात प्रतिघातले पिडित र उपेक्षित दलित समुदायहरु बर्शौ सम्म झन झन दलित बन्ने  प्रष्ट बुझाएको छ ।दलित आन्दोलनका अभियान्ताहरु , दलित बुदिजिवी र जाने बुझेकाहरु आज सम्म पनि कोहि दलित शब्दको पछी त कोहि दलितको पहिचान भन्दै दलित  दलित भित्रै विभेद तथा टुट फुट्को बिज रोपन गरेर समुदायका मुदालाइ झन जटिल परिस्थिति तिर मोड्दै छन् । दलित समुदायको अवस्था यस्तो अवस्थामा परियार समाज ,मिजार समाज ,विश्वकर्मा समाज ,बादी समाज,गाइने समाज आदि  दलित भित्रै फुट्को खेती गरि रहेका छन् । सदियौंदेखि उत्पीडनमा पारिएको हामि  दलित समुदाय किन  अझैपनी जुट्न सकेका छैनौ ? दबिएको , पिसिएको , हेपिएका अनि सामाजिक रुपमा असमानतामा बाचेको हामि हौ  भन्छौ तर किन हामि  साझा संघर्षको मंचमा जुट्न तैयार छैनौ ?

त्यस्तै गरि नेपाली समाजमा बिधमान एउटा उदाहरण लाई लिउ । नेवार समुदाय भित्रका कौ अर्थात नकर्मीहरु बिस्वकर्माले गर्ने काम गर्ने समुदाय हुन भने कपालिहरु दमाईले काम गर्ने काम गर्दछन।त्यसैगरी शाक्य ,बज्राचार्यले सुन बनाउने र ब्यापार गर्ने काम गर्छन ।जुन सुनारले गर्ने काम हो । तर अहिले ती सम्पन्न नेवर समुदायमा विभेद नभएकोले खस समुदायले अछुत भन्न सकेको छैन र धोबी नेवर सूचीकरणमा छन ।  यसरि  यथार्थ धरातलमा कुरा गर्ने  हो भने  एकातिर एउटै पेशा गर्ने  दुई जातिलाई राज्य र समाजले छुट्टाछुट्टै ब्यवहार गरेर जातीय विभेद बुझाउछ । भने अर्को तिर दलित समुदाय राज्य बाट मात्र हैन आफै बाट पनि कुनै न कुनै तवरबाट पछाडि पर्ने काम भैरहेको छ  ।  मुलुक भरिको दलित समुदायको बस्तुस्थिति हेर्दा आज सम्म पनि दलित समुदाय आफै आफै आन्तरिक विभेदको जरो गाडेर बसेका छन ।गैर दलितले विभेद गरे भनेर मिलेरै लड्नु पर्ने समुदाय नै आफ्नै समुदाय भित्रकै आन्तरिक विभेदलाई भने निरन्तरता दिएका छन् । अझै पनि  पुर्वको धरान ,धनकुटा, ताप्लेजुङ ,तेह्रथुम ,पाचथर आदि जिल्लाहरुमा बिश्कर्मा समुदायहरु ठूलो या उच्च-जात भएको पाइन्छ भने सार्की र दमाई लाई सानो जात मानिन्छ । मध्य पश्चिम गोर्खा ,स्याङ्जा ,कास्की लमजुङ ,चितवन ,नवलपरासी ,तनहुँ ,पाल्पा,रुपन्देही आदि जिल्लामा सार्की समुदायहरु ठूलो या उच्च जात भएको मानिन्छ। भने विश्कर्मा र दमाई हरुलाइ सानोजात मानिन्छ,र पश्चिम डोटी ,बैतडी जिल्लाहरुमा  दमाईहरु  ठुलो या उच्च जात भएको मानिन्छ भने सार्की र विश्कर्माहरुलाइ सानो जात भनिन्छ । यसरि मनुवादी जातीय अहंकारवादले सधै आफू आफुमै लड्ने वातावरण बनाइदिएको ठुलो र सानो जात को ब्यबहारीकता र सोचलाइ  सिरोधार्य गरि हिड्ने हामीलाई बानी नै पारिदिएका छ । एउटै ब्यक्तिलाई कहिँ ठुलो बनाइदिएर लडाइएको छ भने कहि सानो बनाइदिएर लडाइएको छ  । फलस्वरूप दलित समुदायलाई परम्परागत संस्कारका रुपमा उच्च र  निच जात भनेर कहिल्यै जुट्न  सकेका छैनौ । जसले गर्दा  नेपाली दलित समस्याको जड उखेल्न , दलित शक्तिको रुपमा स्थापित हुन् आन्तरिक एकता हुन सकेका छैनन् र हुनु पर्छ भनेर बुझेका नि छैनन् । तर अब ढिला नगरी हामी सम्पुर्ण दलित समुदाय ले बुझ्न जरुरी छ। यस्ता विडम्बनापूर्ण अवस्थालाई चिरेर दलित समुदायको एकता हुनु र स्पष्ट राजनीतिक कार्य दिशातर्फ ठोस कार्यक्रमका साथ अघि बढ्नु जरुरी छ। आत्मबोध हुनु जरुरि छ । सवै भन्दा पुरानो दलित आन्दोलन ले उचाइ लिन नसक्नु को कारण खोजि गर्नु जरुरि छ ।समग्रमा  दलितसमुदाय भित्र विद्यमान आन्तरिक छुवाछुत र आन्दोलनकाको सवै भन्दा पहिला लोकतान्त्रीकरण गर्नु पर्ने अपरिहार्यता टड्कारो रुपमा औलाएको छ  । आन्तरिक सुधार र संरचनागत परिवर्तनका लागि पहलको थालनी आजै बाट गर्नु पर्छ र दलित समुदायको अधिकार प्राप्तिका लागि सबै दलित समुदाय एकजुट भएर नयाँ शिराबाट दलित शक्ति निर्माणको लागि जुट्नु पर्छ भने  आजको तडकारो आवश्यकता मह्सुस गराएको छ ।

त्यसकारण अब पनि आन्तरिक विभेदमा न रुमालिउ ।अहिले सम्म राज्य ब्यबस्था र नेपाली समाजमा फुटाउ र शासन गरको ब्राह्मणबादी सिद्धान्त अनुसार जाति, भाषी ,धर्म,संस्कृति ब्याक्ति र वर्ग समुदायलाई फुटाउने र  कम्जोर पक्ष माथी हैकम चलाउने कुसंस्कार हुँदै आएको छ । छुवाछूत र विभेदका कारणले दास मनोवृत्तिको विकास भएको छ , हामि दलित बनेका हौ ।त्यसैले अब पनि  जानी जानी दलित मुद्दा सामन्त बाहुनवादी सोच चिन्तनको एम्बुसमा न फसाउ  । ब्राह्मणबादि सोचबाट माथी उठेर हामी सबै सम्मान हौ, हाम्रो पिडा एउटै हो ,भोगाइ उस्तै हो ,हामी अन्यायमा पारिएका सम्पुर्ण दलित समुदाय एउटै छाता भित्र जुटेरमात्र दलित समुदाय माथिको जातिय विभेद ,मौलिक हक,हित ,अधिकार ,उन्नति ,प्रगति र खुसीयाली पाउन सकिन्छ भन्ने बुझौ ।  यो युगमा पनि विभेद सहनु अर्काे मुर्खता र अन्याय समेत हो भने आत्मबोध गरि जातीय विभेद र छुवाछुतको गैरन्यायिक अत्याचारमा परेका दलित समुदाय माथिको  विभेद, असमानताको सामाजिक उन्मूलन गर्नु जरुरी छ भनें सोच र उदेश्यका साथ् परिवर्तन र उन्नतिका वाहक बनेर दलित एकता संजाल (सजाल ) मार्फत हामि जुटेका छौ । आउनुस एकतामा बाधिएर शक्तिको रुप्मा स्थापना हौ ।

दलित समुदाय आज पनि आधारभुत रुपमा सबै जात जाती भन्दा गरिब,अशिक्षित ,बेरोजगार ,घरबारविहीन ,राज्यको सबै सबै सेवा सुबिधा र पहुँच बाट पछाडी पारिएको , झन्डै ९७%गरिबिको रेखामुनी रहेका छौ ।  आर्थिक ,राजनीतिक र सास्कृतिक रुपमा सबै भन्दा पछाडी परिएका दलित समुदाय जसको साझ विहान हातमुख जोड्न धौधौ छ,जग्गा जमिन छैन  । श्रम चलेको छ , सीप चलेको छ तर विभेदको तारोमा उनिएको छ । यीनै घरबार बिहिन,बेरोजगार र परम्परागत  पेशाबाट गुजारा चलाउन बाध्य भोका नाङ्गा दलित समुदायको आर्थिक उन्नति ,विकास्र सुधारको निमित्त नै हाम्रो एकता  हो,  हाम्रो संघर्ष हो।जातीय छुवाछूत तथा विभेद ,अशिक्षा ,  र परम्परागत सामाजिक अन्याय बाट मुक्त गराउनु हाम्रो एकता  हो , हाम्रो संघर्ष हो।राज्यको नीति निर्माण गर्ने र निर्माण गरिएको नीति लागू गर्ने स्थान हरेक गा .बि .स .देखि संसद सम्म विशेष कोटाको व्यवस्था गर्दै बनाइएको नितिनियमलाइ लागू गर्ने क्षेत्रमा दलित समुदायलाई स सम्मान भर्ना गराउन, अनुगमन गर्न र आत्मबल सहित अघि बढाउँन दलित एकता संजाल ( सजाल )नेपाल ले आफ्नो  संघर्ष निरन्तर अगाडि बढाएको छ ।

दलित एकता आजको आवश्यकता छुवाछुत मुक्त समाज निर्माणमा सम्पूर्ण नेपालीहरुको सहभागीता मुल नाराका साथ प्रवासबाट स्थापित दलित एकता संजाल नेपाल स्वदेसमा विधिवत   दर्ता संगै बिस्तार हुने क्रममा मुलुक भरिका जिल्ला जिल्ला समिती बनाउदै गठन हुदै जुट्दै छौ ।  यो देशका हरेक दलित नेतृत्व देखि गाउँका बस्ती बस्तीमा रहनुहुने सम्पुर्ण उत्पीडित दलित समुदायलाई आ-आफ्नो स्थान बाट उठ्न जुट्न र एक्यवद्धता स्थानबाट जुटाउने हाम्रो प्रयास हो ।आज दलित समुदायको यीनै मुद्दालाई अधिकारका रुपमा स्थापना गर्नु दलित एकता संजाल नेपाल को मुख्य संघर्ष हो।त्यसैले आर्थिक ,सास्कृतिक र राजनीति सगै प्रशासनिक क्षेत्रलाई एक मुस्ट प्याकेजमा सम्बोधन गराइ अनिवार्य  लागू गर्न  बाध्य पार्न ६० लाख दलित समुदायलाई एकताको मालामा कसरी उन्ने,सामाजिक सचेतना कसरी फैलाउने ,मानसिक , शारीरिक रुपमा सबल र समाजमा अन्तर्घुलन र क्षमतावान कसरी बनाउने यसैमा केन्द्रित भएर बहस गरौ । यी नै दलित समुदायका मुख्य मुद्दा समेटेर विशाल बहस गरौ, आउनुस फुटेर हैन जुटेर सामुहिक छलफलबाट सामुहिक लडाइँ लडौ  र सामुहिक विजय समय मै सफल पारौ , यसैमा सबैको उद्दार हुनेछ ।  आउनुस समयले पर्खदैन ,समयमै जुटौ अहिले नजुटे कहिले जुट्ने ? हामी नजुटे को जुट्ने ?हामिले नगरे कस्ले गर्ने ? हरेक मोड्मा समय एक पटक आउँछ त्यो समय अहिले आएको छ। हाम्रो एकताले समयमै  आम दलित समुदायले मुक्तिको सास फेर्ने छन।

लेखक खडक गैरे(सार्की) दलित एकता संजाल नेपाल आइ. सि .सि.का संस्थापक अध्यक्ष तथा संयोजक हुनु हुन्छ ।

No comments:

Post a Comment