मुक्ति समाज मकवानपुरको प्रशिक्षण कार्यक्रम सम्पन्न

हेटौंडा  ,माघ १२, २०७२,विभेद बिरुद्ध अभियान   । नेपाल उत्पीडित जातीय मुक्ति समाज मकवानपुरको आयोजनामा पुर्ब निर्धारित कार्यक्रम अनुसार जिल्ला कमिटीका सदस्यहरुका लागि नेतृत्व एबम क्षमता बिकास सम्बन्धि एक दिवसीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम नेकपा एमाले केन्द्रीय सदस्य एबम स्कुल बिभागका सचिब इश्वरी रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा परिबर्तित समयमा संगठन निर्माण र संचालन सम्बन्धमा प्रमुख अतिथि रिजालले राजनीति शासन गर्ने माध्यम हो ।

दलित समुदायहरु शासन गर्ने ठाउमा पुग्नुपर्छ अनि मात्र दलित समुदायको आर्थिक सामाजिक राजनैतिक समस्याको हल गर्न सकिन्छ र जातीय छुवाछूतको समुल अन्त्य गर्न सकिन्छ यसका लागी मुक्ति समाजको संगठन निर्माण र परिचालनलाई योजनाबध्द ढंगबाट अगाडी बढाउन आफुलाई योग्य र क्षमतावान बनाउनु पर्ने कुरा तर्क सहित सहभागीलाई प्रशिक्षित गराउनु भएको थियो  ।

कार्यक्रममा लोकतान्त्रिक संविधानले प्रत्याभूत गरेका दलित अधिकारका सम्बन्धमा मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष सुन्दर बिश्वकर्मा बर्तमान अबस्थामा पार्टीको भूमिकाको सम्बन्धमा नेकपा एमाले केन्द्रीय सदस्य बिरोध खतिवडाले बिषयबस्तुमा सरल र आकर्षक ढंगले प्रष्ट पार्नु भएको थियो  । कार्यक्रममा केन्द्रीय सदस्य नारायणी इन्चार्ज गणेश रसाइली केन्द्रीय सदस्य मकवानपुर इन्चार्ज युक्तलाल बिश्वकर्मा जिल्ला उपाध्यक्ष बिष्णु परियार लगायतकाले मन्तव्य राख्नु भएको थियो । मुक्ति समाज मकवानपुरका अध्यक्ष रत्नलाल बिश्वकर्माको अध्यक्षता कार्यक्रम संचालन भएको थियो  । कार्यक्रममा ३५ जना जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो  ।

No comments:

Post a Comment