धुर्मुसु सुन्तलीले साढे ५ लाख बराबरको राहत मुसहर बस्तीमा वितरण गरे

माघ ५, काठमाडौं,विभेद विरुद्ध अभियान । धुर्मुसु सुन्तलीले महोत्तरी बर्दिबासका ५५ परिवारलाई सिरक, डस्ना वितरण गरेका छन् ।
यसअघि सरसफाई अभियानमा गएकाबेला मुसहर बस्तीको विकराल अवस्था देखेपछि सहयोग जुटाएर उनीहरुले दुई दुई वटा सिरक र डस्ना वितरण गरेका हुन् । शीतलहरले मुसहरहरुलाई सताउने भएकाले न्यानोका लागि सिरक डस्ना वितरण गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।
प्रत्येक परिवारलाई एक बोरा चामल र दाल पनि उपलब्ध गराइएको छ । नेपाली कम्युनिटी सेन्टर ओर्ल्याण्डो र युनाइटेड फ्लोरिडाको सहयोगमा धुर्मुस सुन्तली फाउण्डेशनले साढे ५ लाख बराबरको राहत प्याकेज मुसहर बस्तीमा वितरण गरेको हो ।
मुसहर बस्तीकै सबैभन्दा बढी अध्ययन गरीरहेका मन्जे सदालाई धुर्मुस सुन्तली फाउण्डेशनले प्रोत्साहन स्वरुप ५ हजार रुपैयाँ नगद पनि प्रदान गरेको छ ।
रेडियो कान्तिपुर बाट

No comments:

Post a Comment