एमाओवादीका दलित नेताहरुले राज्य र सहायक मन्त्री अस्विकार गरे

पुष १९ -विभेद बिरुद्ध अभियान । एमाओवादीको भागमा परेको दुई राज्य र साहायक मन्त्री नपठाउने भएको छ । ओलीले पछिल्लो पटक विस्तार गर्न लागेको राज्य र सहायक मन्त्रीमा एमाओवादीले कसैलाई पनि नपठाउने जनाएको छ ।

जम्बो मन्त्रिपरिषद् बनेको भन्दै सर्वत्र आलोचना भइरहेको बेला एमाओवादीले आफूले मन्त्री नपठाउने बताएको हो ।
पार्टीले सहायक र राज्य मन्त्रीका लागि दलित समुदायबाट पठाउने तयारी गरेपनि दलित समुदायका नेताहरुले अस्विकार गरेका थिए । नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपाइलीले अध्यक्षलाई नै भेटेर आफूहरु राज्य र सहायक मन्त्रीमा नजाने बताएका थिए ।

मन्त्रीमण्डल विस्तारमा पार्टीले दलित समुदायलाई विभेद गरेको भन्दै मोर्चाले प्रचण्डलाई ज्ञापन पत्र नै बुझाएका थियाे । यता अध्यक्ष प्रचण्डले आफू निकटका केही नेता सहित मन्त्रिहरुसँग छलफल गरेर पार्टीले अब मन्त्रीमा सिफारिस नगर्ने भएका हुन् ।

एमाओवादी स्रोतकाअनुसार केही समयमा सरकारमा बाँकी मन्त्री नपठाउनेबारे औपचारिक जानकारी गराइने बताइएको छ ।

No comments:

Post a Comment