को दलित को गैर दलित, भूकम्पले सबैलाई दलित बनायो : ध्रुवकुमार परियार

काठमाण्डौ , माघ १२, २०७२,विभेद बिरुद्ध अभियान   ।“दलित तथा सिमान्तकृत समुदाय परिवर्तन भई मानिस जस्तै जिउन सकुन्” भन्ने दर्शन लिएर सेवामा ब्यस्त हातहरु -BG Hands Ministries नामक सामाजिक संस्था २०७० सालमा जिल्ला प्रशासन कार्यालय  काठमाण्डौमा विधिवत दर्ता भई स्थापना भएको संस्था हो । यो संस्थाको ध्येय दलित तथा सिमान्तकृत समुदायलाई सर्वाङ्गिण सेवा पुर्याई नेपाल देशमा सकारात्मक प्रभाव पार्नु हो । 


यो संस्थाले यसको स्थापना कालदेखि नै सिमान्तीकरण, विभेद र असमानताको जाँतोबाट पिल्सिएको अनुभव  र भावनालाई आत्मसाथ गरेर शिक्षा, स्वास्थ्य, रोजगार, जनचेतना र विविध प्रकारका प्रकोपको समयमा राहत उपलब्ध गराउने कार्य गर्दै आईरहेको छ । नि:शूल्क ट्युुुसन कक्षा, रेडियो कार्यक्रम, साना ब्यवसाय सहयोग, स्वास्थ्य शिविर साथै राहत वितरण जस्ता  कार्यक्रमहरु संचालन गरिरहेको छ भने आउँदा दिनहरुमा यस्तै र अन्य आवश्यक कार्यक्रमहरु संचालन गरी धेरै भन्दा धेरै दलित तथा सिमान्तकृत समुदायलाई सेवा पुर्याउने यस संस्थाको भावि योजनाहरु रहेका छन् । 

बैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसको पराकम्पनबाट पीडित बिभिन्न स्थानका भूकम्प पीडितहरुलाई यो संस्थाले सहयोग गरेको छ । यो संस्थाले राहत वितरण गर्दा दलित समुदायलाई विशेष प्राथमिकता दिएको र यस्तो विपतको समयमा राहत वितरण गर्दा दलित र गैर दलित नभनि समान रुपमा ब्यवहार गरेको संस्थाका अध्यक्ष ध्रुवकुमार परियार बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– “अब को दलित को गैर दलित, भूकम्पले सबैलाई दलित बनायो ।”


महादेवस्थान ३, काभ्रेका ३० घर ; बोच ९,  दोलखाका ५० घर ; पोखरीचौरी ३, काभ्रेका ३० घर; लप्सीफेदी काठमाण्डौका ७० घर; काठमाण्डौ उपत्यकाका ५६ घर दलित तथा सिमान्तकृत परिवारलाई यो संस्थाले चामल, दाल, त्रिपाल, नुन, चिउरा, चाउचाउ तेल आदि राहत सामग्री वितरण गर्यो । साथै बनेपा, काभ्रेका ७ घर दृष्टिविहीन परिवारलाई प्रति परिवार १ बोरा चामल प्रदान गर्यो । भूकम्पमा परि घाईते भएका लगायत अन्य गरी लप्सीफेदी काठमाण्डौका १३७ जनाले यस संस्थाले आयोजना गरेको स्वास्थ्य शिविरबाट स्वास्थ्य जाँच तथा औषधि उपचार प्राप्त गरेका थिए । 

त्यसैगरी यस संस्थाले पुस २५ गते दोलखा जिल्ला, सुनखानी गा. वि.स. वडा नं. ५ र ९ का दलित, विपन्न, बृद्घ बृद्घा, एकल महिला, दृष्टि विहीन र अपाङ्गता भएका १५ परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गर्यो । यो संस्थाले भूकम्प पीडितहरुको निम्ति गरेको राहतको सेवामा हालसम्म करीब ३० लाख बराबरको रकम खर्च भएको र लगभग १५०० को संख्यामा दलित तथा सिमान्तकृत समुदाय लाभान्वित भएको कुरा जानकारीमा आएको छ ।  

No comments:

Post a Comment