काभ्रेमा बालिघरे प्रथा कायमै, संकटमा विक समुदायको आरन पेसा

काभ्रे, पुस २८ - विभेद बिरुद्ध अभियान –जिल्लाको दुर्गम क्षेत्र डाँडापारीमा पर्ने फलामेटार–५, धार्नेका ४१ वर्षिय धनबहादुर विश्वकर्माले आफ्नो पुख्यौली आरन पेसा अझै छाड्न सकेका छैन । ३२ वर्षदेखि बाली घरे प्रथामा काम गर्दै आइरहेका विश्वकर्माको आधा जीवन आरनमै बित्ति सक्यो । परिवारमा आर्थिक अवस्था निकै कमजोर र घरको वातावरण राम्रो नभएका कारण बाल्यकालदेखि नै कष्टमय ढंगले पुख्र्याैली आरन पेशा गरिरहेका विश्वकर्माको अहिले पनि दैनिक छाक टार्न धौँ–धौ नै पर्ने गर्छ । पढ्ने सोच त थियो तर घरको आर्थिक अवस्थाले दिएन, विश्वकर्माले भने । ‘दिनभर फलामको विभिन्न औजार बनाई वर्षको एक पटक बाली उठाउँदा ५ पाथी देखि १२ पाथी मकै, गँहु, दिने गरीन्छ परिवार पाल्नै मुस्किल छ बाली घरे प्रथा अहिलेसम्म नै गाउँ घरमा कायमै छ’, उनले भने । सानो बाँसको छाप्रो मुनी बसेर निरन्तर रुपमा आरन चलाईरहेका उनको हात पटपट फुटेको छ, हातमा ठेला मात्रै उठेको छैन फलाम चुट्दा तप तप रगत बगीरहन्छ, तैपनि उनको त्यो पेशा नगरी जीवन र परिवार चल्दै न । आफ्नो पुख्यौली पेशा कसरी छोड्नु उनी भन्छन्– ‘यो नै जीवन चलाउने र परिवार पाल्ने आधार हो ।’ जति पीडा भएपनि कहिले काटिएला दिन भनी ठेला उठेको ती हातले निरन्तर फलाम पीटीरहन बाध्य छन् विश्वकर्मा । फुर्सद छैन, शिथिल भैरहेको जीऊ, निरन्तर आगोको रापसँगै तातेको फलाम पीटेर थोपा थोपा पानीका धारा झै चुहीरहेको पसीनाले भिजीरहेको शरीर जती दुःख कष्ट खेप्नु परेतापनि आफ्नो पुख्यौली पेशा प्रति विश्वकर्मा प्रतिवद्ध छ । 
यसरी आरनको काम गरेको ज्यालाले बिहान बेलुका हात मुख जोर्न र एक छाक टार्न धौ–धौ भएको बताउँछन । जसो तसो आरनकै कमाइले उनले अहिले सम्म दुई छोरी, तीन छोरा र श्रीमतीलाई पलिरहेको बताए । बिहान ६ बजे झिसमिसेमै फलामको विभिन्न औजारहरु भएको आरनमा आइपुग्छन्, यो उनको दिनचार्या नै हो । आरन चलाएर जीविकोपार्जन गर्नु विश्वकर्मा जातको पुख्र्यौली पेशा हो । तर अचेल आधुनिकतासंगै यो पेशा लोप हुँदै गईरहेको छ उनले भने । विशेष गरेर ब्यवसायिकतामा आधुनिकता र जीवनशैलीमा नै परिवर्तन आएकाले पनि यस्तो हुन गएको पाईन्छ । अहिलेका युवाहरुले यस्तो पेशा छोड्दै गएका कारण यस जातिले अवलम्बन गर्दै आईरहेको पुख्र्यौली पेशा हराउँदै गएको उनीहरुको भनाई छ । 
‘कतिञ्जेल आरनमा बसेर जिविकोपार्जन गर्ने ? बिहान बेलुका छाक टार्न समेत धौ–धौ हुन्छ’, उनले भने । कहिले फेरिन्छ गरिबीको जुनी ? आफ्नो र सन्तानको भविष्य निर्माण गर्न निकै मुस्किल गरिरहेको काभ्रेका अधिकांश दलित समुदायहरु बताउँछन् । यस्तै रविओपी–६ का ४६ वर्षिय गोपाल विश्वकर्माको पीडा पनि कम छैन । पुर्खाले गर्दै आएको पेशा गरेर नै उनले आफ्नो परिवार पाल्ने गरेको बताउँछन । एक्लैले गर्न अप्ठेरो भएका काममा छिमेकीको साहरा लिएर उनीहरुले आफ्नो काम फत्ते गर्छन । उनी भन्छन् –हामी तीन जना विश्वकर्माहरुले आफ्नो जिजुबाजेले गर्दै आएको आरने पेशाले घरपरिवार धानिरहेको छौ । यसरी वर्षभरी ५०÷६० घरको काम गरेवापत हरेक घरबाट दुई चार पाथी मकै लिएर सात जनाको परिवार पाल्दै आएका कामीडाँडाका मंगल बहादुर विश्वकर्माको पीडा पनि उस्तै छ । उनी भन्छन,–‘दिनभर काम गरेर साँझ–बिहान हातमुख जोर्न गाह्रो पर्छ ।’ आफ्नो भन्ने जग्गा पनि रामो छैन, करी परिवार पाल्ने ?, उनले भने । अब त खान मात्र होइन, बसोबासका लागि पनि साँगुरो हुँदै आएको उनको भनाई छ ।’ यसरी पार लाग्ला जस्तो छैन, निरास मुद्रामा उनले थपे । फराकिला ठाउँमा बसेर आफ्नो पुख्यौली पेशालाई व्यवसाय बनाउन चाहन्छु । मंगलबहादुर भन्छन–‘सरकारको सहयोग पाए जिन्दगी सुःखसंग वित्थ्यो ।’ आफ्नो जग्गा जमिन राम्रोसँग नभएकोले खेतीपातीबाट बञ्चित भएका ३५ वर्षिय आइत विश्वकर्मा पनि ५ पाथी मकैमा आफ्नो वर्षभरिको मेहनत खर्च गर्छन् । त्यही श्रमबाट प्राप्त गरेको वालीबाट आफ्नो ३ जनाको परिवार पाल्नु उनको पनि बाध्यता हो । आरनको काम भनेको हाम्रो समाजमा कथित उपल्ल जाति भनाउँदाहरुले तल्लो जातको रुपमा परिभाषित समुदाय कामीको मात्र हो भन्ने ठानीदै आएको छ । 
तर बल्थली–६ ख्याकुडाँडागाउका गैर दलित गोपाल तामाङले पनि आरन पेशा गर्दै आएका छन् । ख्याकुडाँडागाउँको आफ्नै घरको आँगनमा छाप्रो बनाएर बसेका तामाङ विहान देखि बेलुकासम्म आरन सम्बन्धी काम गर्ने गर्दछन । उनलाई समाजले सूरु सूरुमा आरन सम्बन्धी काम गर्दा तामाङ जातिको जात, थर बेचिएको समेत आरोप लगाएको बताए । ‘मैले स्थानीय दलित साथीसँग एक महिनासम्म तालिम लिई आफ्नै घरमा आरन पेशा सुचारु रुपले विगत ४ वर्ष अघि देखि सञ्चालन गर्दै आएको छ उनले भने ।’ सबैलाई थाहा भएको कुरा हो, हामी गाउँघरमा जाँदा भाउ सोध्छौ ५ पाथी मकैको मुल्य कति पर्ला ? धेरै भए दुई सय ५० रुपैया । हो यति कमाउन दैनिक कम्तीमा १५–२० घर परिवारको कृषि तथा घरायसी औजारहरु निर्माण तथा मर्मतको काम गर्न विवश छन् काभ्रेका डाँडापारी, कोशीपारी र रोशीभेगका अधिकांश विश्वकर्मा परिवारहरु । खल्खली पसिना चुहाएर गरिने यो पेशाबाट जिविकोपार्जन गर्न मुस्किल परेको, अधिकांश दलित समुदायको गुनासो छ । राज्यले अरु पेशा ब्यवसायलाई जस्तै यसलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाई दिए उनीहरुको जीवन पनि सुधार हुनेथियो । त्यसतर्फ पनि राज्यले सोच्न जरुरी भईसकेको छ । 

स्रोत : ratopati

No comments:

Post a Comment