जनसंख्याको आधारमा दलित र मुस्लिमलाई सबै क्षेत्रमा आरक्षण दिन माग

१० माघ , विभेद बिरुद्ध अभियान   । दलित मुस्लिम श्रमिक पार्टीले राज्यका सबै निकायमा दलित र मुस्लिम समूदायलाई जनसंख्याको आधारमा आरक्षण दिन माग गरेको छ ।
 पार्टीले आईतवार पत्रकार सम्मेलन गरेर एमवीवीएस र ईन्जिनियरिङ्ग मा ४० प्रतिसत अंक ल्याउने दलित र मुस्लिम विद्यार्थीलार्य निशुल्क शिक्षाको ग्यारेन्टी गर्नु पर्ने, ५० वर्ष माथिका मुस्लिम दलित नागरिकलाई जेष्ठ नागरिक सरह सुविधा दिनु पर्ने, संविधान संसोधन गरेर ती समूदायलाई उपचार र सामाजिक सुरक्षाको जिम्मेवारी राज्यले लिनु पर्ने, एक कट्ठा घडेरी र  ५ कट्ठा खेत उपलब्ध गराउनु पर्ने लगायतका माग अगाडि सारेको हो । 

पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष रञ्जित पासवानले अहिलेको संविधानले दलित समूदायको मुद्दालाई नसमेटेको र मधेसी मोर्चासहित कसैले पनि नउठाएको भन्दै आफूहरु त्यसकोलागि अभियान सुरु गरेको बताए । उनले पहिलो चरणमा आफूहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर ध्यान आर्कषण गराएको जानकारी दिए ।

No comments:

Post a Comment