दलितको रगत - नविनप्रकाश श्रेष्ठ

काठमाडौं,पुस २५, विभेद विरुद्ध अभियान ।

सखाबिहानै
बालकुमारीे मन्दिर अगाडीहामीले म्वाहाली नबजाईकन
मन्दिर भित्र तिमीबाट पूजिने
देवीहरुको शुकला खुल्दैन ।

हामीले नगरा नबजाईकन
तिमीबाट पुजिने देउताहरु
जागा हुँदैनन्
र तिनीहरुले तिमीले पूजा गरेको देख्दैनन्
तिम्रा घरमा दसैँले
पाइला टेकेको खबर
हरेक साँझ
हामीले म्वाहाली नबजाईकन
तिमी बेखवर भएरै बस्छौ  ।

तिम्रो कसैको
दुखद देहावसानमा
यमराजलाई स्वर्गवासको खबर
हामीले नै सि बाजा बजाएर दिनु पर्छ
र सराद्धदेखी दकिलासम्म हामीले
आत्मालाई स्वर्गमा वास गराई दिनु पर्छ
तिम्रा चोक, आँगन, चर्पी सफा गर्ने
हामी नै हौं
तिम्रा घर टोल आँगनमा
भकारीका भकारी दुर्गन्ध हटाई
मुरीकामुरी सुगन्ध छर्ने हामी नै हौं ।

तिम्रो जिन्दगीको राजमार्ग
सरल, सहज र सुवासिलो बनाउने
हामी नै हौँ
हामीले सकि नसकि फुकेका
जुठो सासबाट तिम्रा देउता उठ्ने गर्छन् ।
हामीले फोका पर्ने गरि बजाएका बाजाबाट
तिम्रा आत्मा स्वर्गबास गर्छ
हामीले ठेला पर्ने गरि गरेका कामबाट
तिमी सुकोमल हुने गर्छौ ।
अब, भन
देउतालाई चल्ने जुठो सास
तिमी मान्छेलाई किन चल्दैन
आत्मालाई चल्ने खस्रा हात
तिमी मान्छेलाई किन चल्दैन
हाम्री चेलीको जुठो ओठ आँखा छली छली चल्छ
तिमिलाई
तिम्रो बुबालाई
तिम्रो बुबाको बुबालाई
उनको र हाम्रो पवित्र हात
तिमीलाई खुल्ला ठाउँमा किन चल्दैन
के हाम्रो धमनीमा कालो रगत बगेको छ र ?

स्रोत : ujyaaloonline

No comments:

Post a Comment