भारतमा हरेक घण्टा ५ जना भन्दा बढी दलितहरु उत्पीडन भोग्छन

काठमाडौं, माघ ८- विभेद विरुद्ध अभियान । संसारको सबैभन्दा ठूलो लोकतन्त्रको दावी गर्ने छिमेकी देश भारतमा दलितहरुमाथि चरम अमावनीय हिंसा भइरहेको तथ्य सार्वजनिक भएको छ ।
हैदराबाद विश्वविद्यालयमा पिएचडीका छात्र रोहत भेमुलेको आत्महत्यापछि दलितमाथि उत्पीडनका घटनाहरु सार्वजनिक भएका हुन । यतिखेर सिंगो भारतमा दलितमाथि हुने जातीय विभेदको बहस समेत चर्किएको छ । भारतका अन्य विश्वविद्यालय मा समेत दलितहरुलाई निष्काशन गरिएका थप समाचार सार्वजनिक भएका छन् । कैयन प्रोफेसरहरुले आफ्नो उपाधी फिर्ता गरेका छन् ।
भारतमा दलितमाथिको उत्पीडन बढ्दै गइरहेको तथ्यांकहरुले देखाएका छन् । विविसी हिन्दीले प्रकाशित गरेको रिपोर्ट अनुसार, पछिल्लो ५ वर्षमा उत्पीडनका घटनामा उल्लेख बृद्धि भएको छ । खासगरी भारतीय जनता पार्टीको सरकार सत्तामा आएपछि यसमा झनै बढोत्तरी भएको देखाइएको छ ।
राष्ट्रिय अपराध रेकर्ड ब्यूरोको तथ्यांकलाई आधार मान्दै बिबिसीमा प्रकाशित रिपोर्टमा सन् २०१४ मा दलितमाथि ४७ हजार भन्दा बढी अपराधका घटना दर्ता भएको उल्लेख छ । यो भनेको हरेक घण्टा ५ जना भन्दा बढी दलितहरु उत्पीडित हुनु हो ।
हरेक दुई दिनमा दलितहरुको हत्या भएको छ भने हरेक दिन ६ जना भन्दा बढी दलित महिला बलात्कृत हुने गरेका छन् ।
भारतीय संविधानको अनुच्छेद १५, ३८, ३९ र ४६ मा जाति, धर्म, वर्ण, लिंग र जन्मका आधारमा विभेद गर्न नपाई र कानुन अनुसार कमजोर वर्गलाई सामाजिक सुरक्षा उपलब्ध गराईने भनेपनि व्यवहारमा भने त्यो देखिँदैन ।
यहाँ उल्लेख गरिएको तालिकाले यो कुरा स्पष्ट पार्दछ ।

No comments:

Post a Comment