दोलखा मेलुङका भूकम्पपिडित दलित परिवारलाई बल्याङकेट र म्याटिस वितरण

माघ २, विभेद बिरुद्ध अभियान । दलित एकता समाज नेपालकी  महासचिव सरु सुनारले दोलखाको मेलुङ गाविसका भूकम्पपिडित दलित परिवारलाई बल्याङकेट र म्याटिस वितरण गरेकी छिन । दोलखाको मेलुङ गाविसमा रहेका ८२ घर धूरीलाइ जाडोको समयमा अलिकति भएपनि राहत वितरण गरेर सुख दुःखमा साथ निभाएको उनले बताइन् । अत्यधिक चिसोले कष्ट भोग्दापनि सरकारले ल्याएको न्यानो लुगा कार्यक्रम लागु हुन नसक्दा आफूहरु जाडोमा दुःख पाएको तर अलिकति भएपनि ओड्ने र ओछ्याउने कपडा पाएकाले खुशि लागेको बताए धनमाया सार्कीले बताइन् । उनले भनिन्, ‘रात भरी जाडोले सुत्न सकिँदैन । जस्ता पाताबाट शीत चुहेर सुत्न नै मिल्दैन ।’ राहत पाएपछि मनमाया नेपालीले भनिन,  ‘सरकार त आफै विवादमा छ । यसरी मनकारी नेपाली दाजुभाइको सहयोग पाउदा खुसि लाग्यो । सरकारले गर्नु पर्ने काम हो । 
सरकारले नगरे पनि दलित एकता समाजले केहि भए पनि हाम्रो दुख सुखको साथी भइदियो । यसैमा खुसी छौं ।’ 
राहत बुझन आएका ६३ बर्षीय भद्रबहादुर सार्किले भने, ‘घर ढल्यो । घरसंगै हाम्रा कयौँ सपना ढले ।  तर नेपाली दाजुभाईले हामीलाई दुःखमा सम्झे खुसी लाग्यो । जाडोले तम्बाकु खाएर रात बिताउथेँ । आजबाट अलिकति भएपनि राहत पाउने भए । साना नातिनातिनी काखमा च्यापेर न्यानो गरी सुत्ने भए ।’ उनले भने, ‘सरकारले अहिले सम्म ४ पाता जस्ता  दियो । दिन त सरकारले १०हजार, १५ हजार र ७ हजार ५ सय र २ हजार दियो । यसलाई एकै पटक दिएको भए अलि बस्न लायकको घर बनाउन सकिन्थ्यो ।’ भूकम्पपिडितलाई बल्याङकेट र म्याटिस वितरण गरेपछि समाजकी महासचिवले भनिन, ‘केहि भएपनि पिडितलाई सहयोग गर्न पाएकोमा आफु र दलित एकता समाजले खुसी महसुस गरेको छ । विदेशमा बसेर पनि भूकम्प पीडितहरुलाई सहयोग गर्ने हंकङ अल्प संख्यक नेपाली संगठनका अध्यक्ष अशोक गहतराज र नासो कमिटी अमेरिकाका गोपाल विश्वकर्माको सहयोग अतुलनीय छ ।’ 
त्यस्तै विश्भरी राजगारीकोलागि गएका नेपाली दाजुभाईदिदिबहिनीको सहयोगले आफु यस्ता काम गर्न थप उत्साहि बनेका छौं’ उनको भनाई छ । आफू भूकम्प प्रभावित क्षेत्रमा गएर दुइ दिन भएपनि पीडित दाजुभाइ दिदी बहिनीसंग उनका दुःख पीडा सुन्न र अनुभव गर्न पाएँ । जसबाट मलाई यस्ता सहयोगी काम गर्न थप उर्जा मिलेको छ’ उनले बताइन् ।

नेपालपाटी बाट

No comments:

Post a Comment