छाक टार्न गिट्टी कुट्दै आएकी ७५ वर्षिया बिकलाइ परदेशी नेपालीबाट सहयोग

फोटो : अन्नपूर्ण (जलु विकलाई मंगलबार चेक हस्तान्त्रण गर्दै अन्नपूर्ण पोस्ट्का अछाम समाचारदाता शिवराज खत्री) 
कमल रावल, अछाम,  माघ १२ , विभेद बिरुद्ध अभियान -  अछाम सदरमुकाम मंगलसैन–५ की एक बृद्ध महिलालाई अन्नपूर्ण अनलाईनमा फोटो प्रकाशित भए पछि बिदेशबाट नगद सहयोग प्राप्त भएको छ । साँझ बिहानको छाक टार्न सडक छेवैमा गिट्टी कुट्दै आएकी ७५ वर्षिया जलु बिकको गिट्टी कुट्दै गरेको फोटो अन्नपूर्ण पोष्टको अनलाईनमा प्रकासिश भए पछि बिदेशमा रहेका नेपालीबाट ६३ हजार पाच सय नगद सहयोग प्राप्त भएको हो ।

सहयोग स्वरुप प्राप्त उक्त रकमको चेक मगलबार अन्नपुर्ण पोष्ट अछाम संवाददाता शिवराज खत्रीले जलुलाई उनी गिट्टी कुटिरहेको स्थानमै गएर हस्तान्त्रण गर्नुभयो । अनलाईमा प्रकाशित भएको उक्त फोटो हेरेर बाग्लुङमा घर भई हाल लण्डनमा रहने कृष्ण प्रसाद शर्माको पहलमा उक्त रकम संकलन भएको हो ।
फोटो :शिवराज खत्री;- अछाम सदरमुकाम मंगलसैनको अस्पतालनजिक गिट्टी कुट्दै गरेकी ७५ वर्षीया जलु बिक । उनी गिट्टी कुटेरै छाक टार्छिन्
रकम संकलन कार्यमा शर्माको पहलमा लण्डन तथा इजरायलमा रहेका थुप्रै नेपालीले सहयोग गरेको शर्माले इमेलबाट जानकारी दिनुभयो । रकम प्राप्त गरिसकेपछि जलुले खुसीका आँसु झार्दै आफूलाई सहयोग गर्नेहरुको सधैँ प्रगति उन्नतीको कामना गर्दै उनीहरुले चाहेको कुरा पुयाई दिनु भनेर दुई हात जोड्दै इश्वरसँग प्राथनासमेत गर्नुभयो । लण्डनमा रहेर लामो समय देखि नेपालका लागि बिभिन्न सामाजिक कार्य गर्दै आएका शर्माले हालै मात्र साथीहरुकै सहयोगमा ५ बर्ष देखि शारिरीक एवम् मानसिक रुपमा बिछिप्त रही ओडारमा बस्दै आएकी जाजरकोटकी एक महिलाको उपचारको प्रवन्ध मिलाउनुका साथै निकट अहिले चितवनका एक दृष्टि विहिन एवं बहिरा चेपाङ दम्पतीका लागि घर निर्माणको पहल गरिरहेको समेत जानकारी दिनुभएको छ ।
- अन्नपुर्ण पोस्ट बाट

No comments:

Post a Comment