पर्सा सिर्सियाका दलितलाई कम्बल र ज्याकेट वितरण

बढ्दो शीतलहरका कारण पराल ओछ्याई रात बिताउने अतिगरिब, विपन्न र असहाय दुसाद र चमार समुदायका ६० घरपरिवारलाई कम्बल तथा सो समुदायका ११ जना ज्येष्ठ नागरिकलाई न्यानो ज्याकेट बाँडिएको हो ।
कम्बल र ज्याकेट पाएपछि सो समुदायमा खुसी छाएको छ । उक्त समुदायका अगुवा वैजनाथ हजरा पासवानले जाडोबाट बच्न ज्याकेट प्रदान गरिएकामा संस्थालाई धन्यवाद दिँदै प्रदान गरिएको कम्बल र ज्याकेटले विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई लाभ पुग्ने बताए ।
चिसोका कारण दलित बस्ती बालबालिका र ज्येष्ठ नागरिक कष्टकर जीवन बिताइरहेको समाचार प्रकाशनमा आएपछि संस्थाले कम्बल र ज्याकेट बा“डेको समर्पणका अध्यक्ष विश्वनाथ साहले बताए ।
~ न्युज संजाल बाट 

No comments:

Post a Comment