निर्मला वि.क को हत्या कि आत्महत्या ?

डिल्लीराज रावत / विभेद बिरुद्ध अभियान , फागुण २९ , सल्यान । सेतो कपडा शरिरमा बेरेर बाजेको आडैमा बसेका त्रिवेणी ४ का हेमराज वि.क.ले फाल्गुण २२ गते राति आमालाई गुमाएका छन । आमाकै क्रियामा बसेका ९ वर्षका वि.क.ले आफ्नो आमा निर्मला वि.क.लाई उनकै घरमा बस्ने मन्दरी बुढाथोकी र उनका सहयोगिहरुले हत्या गरेर पासो लगाइदिएको बताउछन --सल्यान दृष्‍टिकोण बाट मन्दरी र उनकी बहिनी मोती खड्का र देवरानी रुपा बोहराले आफ्नो आमालाई झप्पल र ढुङ्गाले हानेर हत्या गरेको भनिरहदा प्रहरीको कुटाई खाएका उनका बाजे आँखाभरी आँशु र उनका ५ बर्षिय भाई आमाको पर्खाइमा प्याकेटको भुजा खाइरहेका थिए । 
शिवरात्रीको दिन भएको उक्त घटनाको प्रहरीले मुचुल्का उठाई पोष्टमार्टमका लागि अस्पताल पु¥याएका थिए । अस्पतालबाट पोष्टमार्टमको रिपोर्ट नआउदै प्रहरीले मृतकका ससुरा मनिराम वि.क.लाई लास बुझ्न लगाई जलाउन लगाएको उनका आफन्तहरु बताउदै थिए । 

लास सेलाएर काजक्रियामा लागेपछि मृतकका आफन्तले प्रहरी मार्फत पोष्टमार्टम रिपोर्ट आउन ढिला भएपछि शंकाले हेर्दै ९ बर्षिय छोरा हेमराज वि.क.लाई के भएको बाबु भनेर सोधीखोजि थाले । बालक हेमराजले आमालाई घरमा बस्ने आरोपी मन्दरी बुढाथोकीका श्रीमान गोपिलाल बुढाथोकीले आफुले ल्याएका माछा दिएको, माछा दिएपछि किन माछा दिएको त्यसलाई भन्दा पहिला उनै २ जनामा भनाभन भएको पछि त्यो झगडा आफ्नो आमासंग सरेको बताएका थिए । बालकलाई उनिहरुले सोध्दै जाँदा बालकले आफ्नो आमाले मन्दरीलाई लखेटेपछि उनले साथिहरु बोलाई ३ जना लागेर मारी पासो लगाइदिएको बताएका थिए ।
उता प्रहरीले मुचुल्कामा आत्महत्या गरेको सतगत पुर्जी मृतकका ससुरालाई थमाइदिएको छ । आत्महत्या भनी प्रहरी पुर्जी ससुरालाई दिनु अनी पोष्टमार्टम रिपोर्टपनि समयमा नआउनु कतै प्रहरी नै बदमासी त गर्दैछैन भन्दै मृतकका आफन्तले किटानी जाहेरी सहित ३ जना आरोपी र मुख्य आरोपीका श्रीमानलाई ज्यान केश सम्बन्धि इलाका प्रशासन कार्यालयमा मुद्धा दर्ता गरेका थिए ।
प्रहरीले निवेदनका आधारमा आरोपी चारै जनालाई नियन्त्रणमा लिएर कार्वाहीको प्रक्रिया अगाडि बढाएको छ । 
उक्त प्रकरणमा हिजो  तनाबग्रस्त बनेको इप्रका लुहाम पेरिसरको भिडियो हेर्नुहोस् ।
भिडियो : वीर बहादुर सेजवाल 

No comments:

Post a Comment