विपतमा परेकी हटियाकी पूर्णकला परियारको जीवन रक्षाका लागी अपील

बालकृष्ण सुबेदी ,गल्कोट २०७२ चैत १ । दश दिन पहिले गल्कोट हटिया गाविस ५ खसगाउँमा आफनै देवरको साँघातिक आक्रमणबाट जेठो छोराको मृत्यु भएको हृदयविदारक दृश्य देखेर विक्षिप्त बनेकी आमा उनै देवरको कुटाईबाट चिन्ताजनक अवस्थामा पुगेकी छिन् ।गत चैत १ गते राति भारतबाट विदामा घर आईपुगेका मीनबहादुर परियारको हँसिया प्रहारबाट जेठो छोरा २१ वर्षिय बेलबहादुर परियारको मृत्यु भएको र निजकै कुटाईबाट भाउजू पूर्णकला परियारको अवस्था चिन्ताजनक स्थितिमा पुगेको बताईएको छ ।
सात वर्ष पहिले श्रीमानलाई गुमाएकी दुई छोराकी आमा ४१ वर्षिया पूर्णकला परियारको शिर र शरीरका अन्यभागहरुमा गम्भीर चोट लागेको छ । जीवन मरणको दोसाँधमा रहेकी पूर्णकलाको अहिले गण्डकी मेडिकल कलेज पोखरामा सघन उपचार भैरहेको छ ।
एकातिर घरको जेठोबाठो गरिखाने छोराको हत्या अर्कोतिर आमाको यो चिन्ताजनक अवस्था देख्दा गाउँघरमा कसैको मन थामिएको छैन । घरमा १८ वर्षिय कान्छो छोरा देबबहादुर परियार दाजुको किरियामा बसेका छन्, गम्भीर घाईते आमाको उपचार गर्न उनकी दिदीले पोखरा लगेर गएकी छिन् । विपन्न परिवारको यो दुर्दशा देखेर गाउँ नै मलिन बनेको छ ।पीडितको घरको आर्थिक स्थिति एकदमै नाजूक रहेकोले उपचारमा समस्या परेको बताउदै आफन्तहरुले सहयोगको निम्ती अनुरोध गरेका छन् । हाल सम्म उपचार र काज क्रियामा ३ लाख बढि खर्च भईसकेको आफन्तले बताएका छन् । सो रकम गाउँमा ऋणमा खोजेर तिरिरहेको वडा नागरिक मँचका संयोजक बिक्रम परियारले बताए । आर्थिक अबस्था अत्यन्तै दयनीय रहेकोले लिएको ऋण तिर्न र थप उपचारका लागि अर्थाभावले ठेलो समस्या परेको संयोजक परियारले बताए ।
अभियुक्त मीनबहादुर परियार अहिले अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बागलुङमा थुनामा रहेका छन् । उनको घरको अवस्था समेत नाजुक रहेका ले उनीबाट क्षतिपुर्ती रकम असुल गर्ने अवस्थामा पनि नरहेकोले गम्भीर अवस्थामा उपचार गराईरहेकी पूर्णकलाको जीवन रक्षाका निम्ति सबैले गच्छे अनुसारको सहयोग गर्न आफन्त परिवारजनले हार्दिक अनुरोध गरेका छन् ।
गल्कोटबासी तथा प्रबासमा कार्यरत नेपाली युवाहरुको सहयोगबाट धेरैेको ज्यान बचेको छ । देवरको साँघातिक आक्रमणबाट गम्भिर घाईते बनी बिपतको अवस्थासंग जुझिरहेकी पूर्णकला परियारको ज्यान बचाउनको लागि आफु सक्दो सहयोग गरिदिन वार्ड नागरिक मंचका संयोजक बिक्रम परियारको सबैसंग आग्रह गरेका छन् ।
आर्थिक सहयोग गर्न ईच्छुक महानुभाबले मोबाईल नं ९८६०२६४९१९ अथवा वीरजँग भण्डारीको मोबाईल नं ९८५७६२३१६२ मा सम्पर्क गर्न सकिने छ ।
भारतीय सेनाको ६/८ पल्टनको ‘ए’ कम्पनिमा पाँच वर्ष पहिले भर्ती भएका अभियुक्त मीन बहादुर परियारले भतिज र भाउजूमाथि यसरी कुटपीट गरी ज्यानै लिनु पर्ने अवस्था किन आयो ? भन्ने सम्वन्धमा यथार्थ कुरा बाहिर आईसकेको छैन । जायजेथा, लेनदेन वा अरु कुनै रिसिवीले यो जघण्य अपराधिक घटनालाई अन्जाम दिईयो, या मादक पदार्थ सेवनले यो घटना हुन पुग्यो यस सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
अभियुक्त परियारले भने कुनै रिसिवी नभएको बताउने गरेको श्रोत भन्छ । श्रोतका अनुसार, मीनबहादुर चैत १ गते बागलुङ बजार उत्रिए लगत्तै हटिया जाने जीपमा चढेका थिए । हटियामा उनलाई लिन आएकी श्रीमती सहित राति घरमा पुगेपछी भतिज बेलबहादुर संग वसी आफुले ल्याएको रम (रक्सी) पिउदै गर्दा रक्सीको तालमा भनाभन हुँदा हुँदै यो जघण्य घटना घटन गयो ।

No comments:

Post a Comment