ग्लोबल फोरमद्वारा अस्ट्रेलियामा अन्तरक्रिया कार्यक्रम गरिदै

चैत्र ५ , विभेद बिरुद्ध अभियान - यहि आउदो मार्च २० तारीख अर्थात अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका को उप्लक्ष्य्मा जातीय विभेद विरुद्ध विश्वमञ्च (ग्लोबल फोरम) (GFACD)- अस्ट्रेलिया च्याप्टरले दक्षिण एसियामा जातिय आधारमा गरिने छुवाछुत र यसको निराकरण "Caste Based Discrimination in South Asia-Actions for Its Elimination" भन्ने बिषयमा सिड्नीको कन्तेर्बुरी स्थित आस्बुरी जेष्ठ नागरिक केन्द्रमा चियापान सहितको अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।
अस्ट्रेलियाका लागि नेपाली महावाणिज्य दूत दिपक खडका प्रमुख अथिति रहनु हुने यस कार्यक्रम मध्यान्हको ४ :०० बजे देखि ७ :०० बजे साझ सम्म सन्चालन हुने तय भएको छ । कार्यक्रमलाई सफल बनाउन अस्ट्रेलियामा स्थापित सबै सामाजिक संघ सस्थाहरुले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने अपेक्षा सस्थाले राखेको छ । यस कार्यक्रममा अस्ट्रेलिया PHD अध्यनरत मोम बिस्वकर्मा , मित्र परियार , एनआरएन प्रवक्ता रन्जु थापा , एनआरएन कोर्डिनेटर महेन्द्र लम्साल ,जनसम्पर्क समितिका सन्तोष सिटौला , नेपाली प्रवाशी मंच अस्ट्रेलियाका डा. बिनोद श्रेष्ठ , एनपीपीएफका शेस्मणि शर्मा, संघीय समाज अस्ट्रेलियाका गणेश तामाङ , नया शक्ति नेपाल-अस्ट्रेलियाका संयोजक बिनोद पौडेल , नया शक्ति नेपालका केन्द्रिय सदस्य सरद खरेल ,निन्फा अस्ट्रेलियाका चित्र तुम्भाहम्प्फे , नेपाली बिधार्थी समाजका बिजय सापकोटा अथितिका रुपमा आमन्त्रित गरेको कार्यक्रमलाई समन्वय गरि रहेकी सिता रसाइलीले जानकारी दिएकि छिन  ।
जातीय विभेद विरुद्ध अन्तराष्ट्रिय मंंच (ग्लोबल फोरम) विश्वभरी छरिएर बसेका नेपाली मूलका नागरिकहरुद्धरा स्थापित एक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । सन् २०१४ देखि अमेरिकाको वाशिङ्गटन डि.सी.स्थित मुख्य कार्यालय रहेको यस संस्थाले विभिन्न देशमा बसोबास गर्ने नेपाली नागरिकहरुलाई संगठित गर्दै जातिय विभेदको अन्त्यका लागि अन्तराष्ट्रिय स्तरबाट वकालत गर्ने मुख्य उद्देश्य लिएकोे छ । समाजमा पछाडी पारिएका वर्ग र समुदायको अधिकारले विशेष स्थान पाउनु पर्छ भन्ने मान्यता राख्दै आवाज उठाउँदै आएको फोरमद्वारा नेपाल लगायत बिभिन्न देशहरुमा छरिएर रहेका उत्पीडित समुदायलाइ संगठित गर्दै र बिबिध कार्यक्रमहरु गर्दै आइ राखेको छ । सस्थाका तर्फबाट अस्ट्रेलियामा स्थापित संघ सस्थाहरुलाइ कार्यक्रम सफल बनाउन उक्त दिन कार्यक्रम स्थलमा उपस्तिथिको लागि अनुरोध गर्दै कार्यक्रमको पुर्ण तयारी भइ अन्तिम चरणमा रहेको समेत जानकारी रसाइलीले दिएकि छिन ।

No comments:

Post a Comment