अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउन संजालको हार्दिक निमन्त्रणा

चैत्र ५ , विभेद विरुद्ध अभियान । ५१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस दर्वान घोषणा तथा कार्य योजनाको १५ वर्ष : उपलब्धी र चुनौतिहरु भन्ने अन्तर्राष्ट्रिय नारालाई आत्मसात गर्दै दलित एकता संजाल नेपाल आयोजनामा यहि चैत्र ८ अर्थात २१ मार्चका दिन पोखरामा बृहत ¥याली तथा कार्यक्रम हुने भएको छ ।संसार भरीका उपेक्षित , उत्पीडितहरु ले खुशीयालीको रूपमा मनाउने यस दिवसलाई दलित एकता संजाल कास्कीले "चैत्र ८ गते पोखरा को चिप्ले ढुङ्गा जाउ , ५१ औ जातिय तथा रङ्गभेद उन्मुलन दिवस भवय रूपमा मनाऔ" भने नाराका साथ भव्य रूपमा मनाउन लागि रहेको छ । 
जननी एफएम र गण्डकी एफएम बाट समेत प्रसारण गरिने यस कार्यक्रम बिहान ११ बजे पोखराको सभा गृह चोकबाट ¥याली निकालेर पोखराको चिप्लेढुङ्गा स्थित मानव अधिकार चोकमा विशेष कार्यक्रम गर्ने एवं दिवसको अवसरमा दलित अधिकार संरक्षण र प्रवर्द्धन गर्न दलित एकता संजाल कास्कीको जिल्ला कमिटीको समेत गठन गरिने  बताउदै कार्यक्रमको पुर्ण तयारी भइ अन्तिम चरणमा रहेको समेत जानकारी आयोजक दलित एकता संजाल कास्कीले जनाएको छ ।  
दक्षिण अफ्रिकामा सन् १९५९ मा साप भिल्ले शहरमा गोराजातिको रङ्ग विभेदका विरुद्ध आन्दोलनमा उत्रिएका ६९ जना काला जातिको हत्या गरिएको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।संयुक्त राष्ट्रसंघले उक्त घटनालाई मानव अधिकारको हनन्का रुपमा लिदैँ सन् १९६६ मा सबै प्रकारका जातीय विभेद उन्मुलन सम्बन्धी अन्र्तर्राष्ट्रिय महासन्धी पारित गरेको छ । नेपालले भने सन् १९७१ मा महासन्धीको अनुमोदन गरेको छ ।
नेपालको अन्तरिम संविधान २०६३ मा जातीय भेदभाव गर्न नपाइने उल्लेख छ । व्यवस्थापिका संसदले ०६८ जेठ १० गतेका दिन जातीय भेदभाव तथा छुवाछुतको कसुर र सजायको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०६८ पारित गरेको छ ।यद्यपि नेपालमा पुर्णरुपमा जातीय भेदभाव भने अझै हट्न नसकेको हुनाले जातीय भेदभाव अन्त्यका लागि जनचेतना जगाउन ,सक्रिय रूपमा उत्पीडित समुदायहरु एक जुट भएर आफ्ना हक अधिकार लिनका लागि यो कार्यक्रमको आयोजना गरिएको बताउदै सम्पुर्ण दलित आन्दोलनमा निरन्तर क्रियाशील सबै सङ्घसंस्था र व्यक्तिहरूलाई अझ बढी एकताबद्ध हुँदै जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्ने अभियानमा सहयोग गर्न सम्पूर्ण राजनीतिक दलहरू, जातीय विभेद उन्मूलनका निम्ति क्रियाशील सङ्घसंस्था, नागरिक समाज, मानवअधिकारकार्मी, पत्रकार, कानुन व्यवसायी, शिक्षक, विद्यार्थी, कर्मचारी, सुरक्षा निकाय, उद्योगी, व्यापारी, पेशागत सङ्घसङ्गठन लगायत सबैलाई आहृवान गर्दै गरिमामय उपस्थितिको लागि आयोजक दलित एकता संजाल नेपाल कास्कीले हार्दिक अपिल समेत गरेको छ ।

No comments:

Post a Comment