असई थमनबहादुर विकको हत्याका आरोपित पुर्पक्षका लागि कारागार चलान

महोत्तरी । ०७२ चैत ३ गते- विभेद बिरुद्ध अभियान - घटना भएको पाँच महिनापछि सशस्त्र प्रहरीका असई थमन बहादुर विश्वकर्माको हत्यामा संलग्न रहेको आरोपमा जिल्ला अदालत महोत्तरीले तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ ।

विश्वकर्मालाई एम्वुलेन्सबाट थुतेर कर्तब्य गरेको आरोपमा जलेश्वर नपा-२ का मिश्रीलाल माझीसोही नपा-३ का संजयकुमार साह र वडा नं १७ परिकौलीका मोहन ठाकुरलाई कर्तब्य ज्यान मुद्दामा प्रहरीले चैत १ र २ गते अदालत पेश गरेकेा थियो ।जिल्ला न्यायाधीश किरणकुमार पोखरेलले गरेको मुद्दाको पहिलो सुनवाईपछि चैत २ गते थुना आदेश गरेकेा हो ।श्रेस्तेदार भोजप्रसाद वस्नेतका अनुसार सामान्यत तीन वर्षभन्दा बढी जेल सजाय हुन सक्ने कसुरका अभियुक्तलाई तत्काल प्राप्त सवुद प्रमाणका आधारमा थुनामा राख्नु पर्ने देखिए अदालतले पुर्पक्षका लागि कारागार पठाउन सक्ने कानूनी ब्यवस्था छ ।

त्यस्तै असई विश्वकर्मा चढेको एम्वुलेन्स आगजनी गरेको अर्को अभियोगमा अदालतले जनही ४ हजार धरौटी माग गरेको छ ।अदालतमा दायर अभियोग पत्र अनुसार कर्तब्य ज्यान अभियोगमा २८ तथा एम्वुलेन्स आगजनीमा २५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

अदालतमा हाजिरि नभएका अभियुक्तको नाममा पक्राउ पुर्जी जारी गरिएको स्रेस्तेदार बस्नेतले जानकारी दिएका छन् ।मधेशमा भएको आन्दोलनको क्रममा आन्दोलनकारीको समूहले घाइते अवस्थामा उपचारका लागि उम्बुलेन्समा रहेका असई विश्वकर्माको भदौ २५ गते एम्बुलेन्सबाट बाहिर निकालेर हत्या गरेका थिए ।

No comments:

Post a Comment