भोलि हुन गईरहेको दलित एकता संजाल कास्कीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा

चैत्र ७ -विभेद बिरुद अभियान - "दलित एकता आजको आवश्यकता छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पूर्ण नेपालीहरुको सहभागिता" भन्ने मूल नारालाई आत्मसाथ गरी बिश्वभर छरिएर रहेका दलित समुदायलाई एकीकृत गर्दै,प्रवास बाट स्थापन भएको संस्था "दलित एकता संजाल नेपाल"ले भोलि ०८ चैत तदनुसार २१ मार्च अन्तराष्ट्रिय रंग भेद तथा जातीय बिभेद बिरुद्व् उन्मूलन दिवस भब्य रुपमा मनाउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकको तर्फबाट कार्यक्रम संयोजकले बिज्ञप्ती जारी गर्दै जातीय बिभेद बिरुद उन्मूलन दिवस भब्य रुपमा मनाउने र भोलि कै दिनको शुभसाईत पारी सम्पूर्ण कास्की जिल्लावासी दलित समुदायहरुलाई समेट्दै बृहत् भेला गराई कास्की जिल्ला समिति गठन गरिने भएको छ  ।

कास्की जिल्ला तदर्थ समितिको निर्णय बमोजिम तिन तिन जिल्लाहरुमा बृहत् कार्यक्रम सहित समिति गठन तथा प्रशिक्षण कार्यक्रममा अहम् भूमिका निभाउनु भएका ICC सदस्य श्री दाधिराम परियार प्रमुख अथिति रहनु हुने यस कार्यक्रममा नौमती बाजा र सम्पुर्ण महिलाहरुको एकै डेर्स सहित २ लाइनमा ब्यबस्थित र्याली गर्दै नारा लगाउदै २ किलो मीटर रोड परिक्रमा गरि कोण सभामा परिणत हुने तय भएको छ  । भोलि बिहान ११ बजे पोखराको चिप्लेढुंगा स्थित मानवअधिकार चोकमा हुने यस कार्यक्रममा अम्बिका सुनार सहित समुदायका डाक्टर ,इन्जिनियर , वकिल , प्राचार्यलाई सम्मान गर्ने समेत कार्यक्रम रहेको छ ।

भोलि नै खुल्ला सत्र पछि कार्यक्रमको दोस्रो चरणमा साझ बन्द सत्र बाट जिल्ला समिती निर्माण गरिने समेत आयोजकले जानकारी दिएका छन् । रेडियो  जननी एफएम  ९०.६ बाट प्रत्य्क्क्ष प्रसारण समेत गरिने यस कार्यक्रमलाइ (www.jananifm.com) बाट ससारभर अनलाइन मार्फत सुन्न समेत सकिने छ । भोलिहुने कार्यक्रममा राजनीतिक दलहरू, जातीय विभेद उन्मूलनका निम्ति क्रियाशील सङ्घसंस्था, नागरिक समाज, मानवअधिकारकार्मी, पत्रकार, कानुन व्यवसायी, शिक्षक, विद्यार्थी, कर्मचारी, सुरक्षा निकाय, उद्योगी, व्यापारी, पेशागत सङ्घसङ्गठन लगायत सम्पूर्ण उत्पीडनमा परेका जाति तथा समुदायहरुलाइ  उपस्थितिको लागि आवहान गर्दै जहाँ छौं,त्यहिबाट नै सकेको आर्थिक,नैतिक,भौतिक समर्थन गरी सक्दो सहयोग गरिदिनु हुन समेत आयोजक दलित एकता संजाल कास्कीले हार्दिक अनुरोध गरेको छ  ।

No comments:

Post a Comment