अन्तरजातिय बिवाहबाट बिस्थापित जोडीलाई आर्थिक सहयोग

चैत ३ गते- विभेद बिरुद्ध अभियान ,जाजरकोट- जिल्ला गर्खाकोट गा.बि .स. वडा न.३ निवासी गणेश कुमार चदारा र गर्खाकोट गाबिस वडा न.४ निवासी ज्योति शाहले राजिखुशी अन्तरजातीय बिवाह गरे पछि निज ज्योती शाहको माइती पक्षबाट गणेश कुमार चदारा र परिवार माथी आक्रमणको प्रयास भयो । गाउँमा बस्ने अबस्था नभए पछि गणेश र ज्योति सहित गणेशका बुवा कमारो चदरा ,बहिनी यमुना, दाइ राजेश, भाउजू कल्पना र भतिज निश्चल भागेर ज्यान जोगाउन कै लागि सदरमुकाम खलंगा बस्दै आएका थिए । विभिन्न निकाय र प्रशासनमा उजुरी र न्यायको लागि अपेक्षा गर्दा अहिलेसम्म पनि निज गणेश कुमार र ज्योती शाह गाउँ फर्कने बाताबरण बन्न सकेन। जि.प्र.का.मा आफ्नो परिवार र राजेश कुमार चदाराको घरमा ढुंङ्गामुढा भएको जसमा सामेल केही ब्यक्तीको नाम नै किटानी गरि उजुरी पेस गर्दा मुख्य राजनैतिक दलका जिल्ला स्तरीय नेताहरुले उक्त उजुरी र घटनामा आरोपित ब्यक्तिहरु निर्दोष भएको निज चदाराले आरोप लगाएकोमा गल्ती स्विकार गर्नु पर्ने भनी २०७२-१०-११ मा एक प्रतिबेदन निकालेको देखिन्छ । २०७२-१०-२३मा युग आव्हान स्थानीय भन्ने पत्रीकामा अन्तरजातीय बिवाहपछि जोडीलाई घर फर्काइयो भन्ने शीर्षकमा समाचार प्रकाशन भएको भए पनि सोही पत्रिका मा २०७२-११-१६मा अरु परिवार घर फर्किएको तर बिवाहित जोडी अझै पनि न्याय खोज्दै सदरमुकाममै बिस्थापित छ्न् भन्ने समाचार प्रकाशित गरेको थियो । 
मिति २०७२- फागुन ३० गते समताफाउन्डेसनले मन्त्री सिपी मैनालीको प्रमुख आतिथ्यमा अन्तरजातीय बिस्थापित ८ जोडि संगै गणेश चदारा र ज्योती शाहलाई पनि बोलाएर सम्मान साथै वास्तविकता बाहिर निकालेको थियो २० दिनको सुत्केरी ज्योती शाह जाजरकोटबाट काठमाडौ आउँदा २ दिनको यात्रा काखमा सानो बच्चा च्यापेर बिबाह पछि बिस्थापित भएर खलंगामा भाडामा बस्दै आएको खान , बस्न साह्रै समस्या छ श्रीमान ले जागीर गर्न पाउने अबस्था छैन रिन काढेर खाएका छौं अबत रिन पनि पाइन छोड्यो धेरै बोल्न सकिनन्" । 
२०७२-१२-१ गते एक अन्तरजातीय बिवाह र मानव अधिकार विषयक कार्यक्रममा उक्त जोडीलाई विभिन्न देशका संस्था र ब्यक्तीहरुको सहयोग जुटाउदै समाजिक अभियानमा धेरै सहयोग गर्दै आउनु भएकी सरु सुनार बाट रु. १०,००० ( दशहजार ) नगद र बच्चालाई लत्ताकपडा ,समताफाउण्डेसनका अध्यक्ष पदम सुन्दासबाट रु. १०,००० ( दस हजार) सभासद टेकु नेपालीबाट रु. १,०००( एक हजार सहयोग प्रदान गरियको थियो बिस्थापित जोडीले स्वतन्त्ररुपमा बस्न ,बाच्न पाउन र पुन आफ्नो गाउ फर्किन दलित आयोग र सम्धितत् निकायमा अनुरोध गरेका छन्  l

-रास्ट्रीय खबर बाट

No comments:

Post a Comment