ढुंगा फोरेर परिवारको गुजरा चलाउँदै दृष्टिविहिन दर्जी

हरिकृष्ण गौतम, फागुन  २४ ,विभेद बिरुद्ध अभियान-  बेनी नगरपालिका–३ ज्यामरुककोट फाँपरखेतका दृष्टिविहिन आइतबहादुर दर्जीले गिट्टी कुटेर परिवारको गुजरा चलाउने गरेका छन् ।फाँपरखेतमा सार्वजनिक जग्गामा बसीरहेका दर्जीले आर्थिक उपार्जनका साथै छोरको पढाई खर्च जुटाउन दैनिक गिटी कुट्ने गरेका छन् ।‘मैले कमाए भनेमात्रै घरमा चुल्लो बल्छ । शरीरले साथ नदिएकाले पनि परिवारको अवस्था कष्टकर छ’ उनले भने ।
हातमा एउटा लौरो र हथौडा (गिटी कुट्ने साधन) लिएर विहानै घरमा निस्कने गरेका दर्जीले दैनिक २ सयको हाराहारीमा कमाउने गरेको बताए । ‘दुईवटा छोरालाई कपीकलम खरिद गर्न समेत मैले मेहनत गनुपर्ने बाध्यता छ । म जस्तालाई सहयोग गर्न आएका संस्थाहरूले पनि कहिल्यै मलाई सहयोग गरेनन्’ उनले भने । दुवै आँखाले प्रष्ट नदेख्ने दर्जीले गिटी कुट्दा पटकपटक हातमा चोट लाग्ने गरेको समेत बताए । हातको साहराले कुट्नुपर्ने भएकाले पनि अरूले जस्तै छिटो कुट्न नसक्ने दर्जीको भनाई छ ।
ज्यामरुककोटको खड्क भवानी प्रावि र अर्जमको ज्ञानकुञ्ज प्राविमा निर्माणधिन अवस्थामा रहेका भवनका लागि एक बोराको ५० रुपैयाँका विक्री गर्ने गरेका छन् । गाउँकै सबैभन्दा कमजोर परिवारको रुपमा चिनिएका दर्जीको जेठा छोरा एसएलसीको तयारीमा छ भने कान्छा छोराले खड्क भवानी प्राविमा कक्षा चारमा अध्ययरत छन् । छोराहरूलाई लत्ताकपडा, कपीकमल सहित खाजा खर्च जुटाउन समेत मुस्किल छ। कान्छो छोरा अनिलले समेत राम्रो संग आँखा देख्न सक्दैन् । श्रीमति विरामी हुने समस्याले समेत नियमित मजदुरीमा जान समस्या हुने गरेको दर्जीको भनाई छ ।
‘हाम्रो नाममा आएको पैसालाई गफ गरेर खर्च गरेका छन् । मलाई भन्दा पनि छोराहरूलाई सहयोग भए धेरै आभारी थिए’ उनले भने । आर्थिक अवस्था कमजोर भएका दर्जीको परिवार सहयोगको प्रतिक्षामा रहेको खड्क भवानी प्राविका प्रधानध्यापक कृष्ण बहादुर चर्मकारले बेनीअनलाइनलाई बताए । ‘ परिवारको अवस्था निकै कष्टकर छ । छोराहरूलाई पढाई खर्च जुटाउन समेत धौ–धौ छ’ उनले भने । दृष्टिविहिन र दलितको क्षेत्रमा काम गर्ने संघसंस्था गाउँमा आएर तालिम र गोष्टी गर्ने गरेपनि एकपटकसमस्याका बारेमा चासो नदिएको बताए । आइतबहादुर दर्जीको बारेमा थप जानकारीका तथा सहयोगका लागि कृष्णबहादुर चर्मकार ९८४७६३६५९३ मा सम्पर्क समेत गर्न सकिने म्याग्दिकाली अनलाइन मा समाचार  रहेको छ 

No comments:

Post a Comment