परियार सेवा समाज सुनसरीको दोस्रो सम्मेलन सम्पन्न


धरान, चैत्र १३  , विभेद बिरुद्ध अभियान  ÷परियार सेवा समाज सुनसरीको दोस्रो जिल्ला सम्मेलन धरानमा चैत्र ६ गते सम्पन्न भएको छ । सम्मेलनले खगेन्द्रबहादुर नेपालीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति चयन गरेको छ । 

समितिमा मणिराज सुनाम उपाध्यक्ष, गौरीमान परियार सचिव र सृजना परियार कोषाध्यक्ष सहित २५ सदस्यीय समिति रहेको छ । सम्मेलनमा तेस्रो केन्द्रीय सम्मेलन आयोजक समितिका संयोजक बलबहादुर सुन्दास प्रमुख अतिथि रहनु भएको थियो । विशेष अतिथिहरुमा व्यवस्थापिका संसदका सदस्य सुनसरी क्षेत्र नम्बर एकका सांसद कृष्णकुमार राई परियार सेवा समाज केन्द्रीय सम्मेलन आयोजक समितिका सह–संयोजक नारायण परिश्रमी रहनु भएको थियो ।
सम्मेलनमा नेकपा एमाले धरानका उपसचिव धनप्रसाद राई, नेपाली काँग्रेस धरान उप–सभापति महेन्द्र तामाङ, ब्राह्मण समाज धरान अध्यक्ष उद्धप अधिकारी, दलित उत्थान समन्वय समिति अध्यक्ष दिलबहादुर रामदाम, विश्वकर्मा कल्याण सेवा समिति अध्यक्ष लालबहादुर सिन्च्युरी, मिजार सेवा समाजका अध्यक्ष धनबहादुर हमाललगायतका अतिथिहरु रहनु भएको थियो । 
सोही सम्मेलनमा परियार समाजका दुई जना डाक्टर र एक जना इञ्जिनियरलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा डा. एलिन सुन्दास, डा. योजन त्रिखत्री र इञ्जिनियर केवल परियार रहनु भएको छ । 
दोस्रो जिल्ला सम्मेलन आयोजक समितिका संयोजक धनबहादु त्रिखत्रीको अध्यक्षतामा सम्पन्न सो सम्मेलनमा आयोजक समितिका सदस्य गौरीमान परियारले स्वागत मन्तव्य राख्नु भएको थियो भने आयोजक समिति सदस्य शेरबहादुर परियारले सञ्चालन गर्नुभएको थियो ।
महाप्रतिवाद बाट साभार 

No comments:

Post a Comment