जातिय छुवाछुत बारे अष्ट्रेलियामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

चैत ८ -  विभेद बिरुद अभियान - मार्च २०,२०१६, अष्ट्रेलियाको क्यान्टबेरी, सिडनी अवस्थित हलमा अन्तरराष्ट्रिय छुवाछूत उन्मूलन दिवसको अवसरमा ‘ग्लोबल फोरम अगेन्स्ट कास्ट डिस्क्रिमिनेस’ ले आयोजना गरेको प्रस्तुति तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा
मक्क्वारी युनिभरसिटीमा बेलायतमा लाहुरेहरुको बसाइ सराइ र जातभातको विषयमा  विद्यावारिधि गरिरहनु भएका मित्र परियारले गोर्खा लाहुरेहरुको प्रसंग उठाउदै मौखिक कार्यपत्र प्रस्तुति गर्नु भएको थियो भने सिडनी युनिभरसिटीमा दलित सम्बन्धी विद्यावारिधि गरिरहनु भएका मोम विश्वकर्माले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा अन्य अतिथिहरूले त्यस विषयमा आफ्नो बिचार राख्नु भएको थियो कार्यक्रमको प्रमुख अतिथिको रूपमामा अष्ट्रेलियामा नेपालका कन्सुलेट जनरल दीपक खडका उपस्थित हुनु भएको थियो।

प्रस्तुतिको क्रममा मोम विश्वकर्माले दक्षिण एसियामा रहेको जातीय र धार्मिक छुवाछूतबारे विभिन्न सामाग्रीहरू सँग प्रस्तुत गर्नु हुदै नेपाल र दक्षिण एसियाको छुवाछूत वर्गीय रूपमामा मात्र समाधान गर्न खोजेर समाधान नहुने तर्क गर्नु भएको थियो। उहाँले समाधानका केही सम्भावित मार्गहरू बारे समेत राख्नु भएको थियो। साथै उहाँ ले एनआरएनए थप समावेसी हुनु पर्ने र एनआरएनएले लागु गर्नु पर्ने विभिन्न विषयहरू बुद्दागत रूपमा प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा बोल्नु हुदै एनआरएनए प्रतिनिधिले २१ औ शताब्दीमा पनि जातीय छुवाछूत अझै कायम हुनु लज्जास्पद रहेको र यसलाई आफ्नो घर र व्यवहारबाट हटाउँदै जानु पर्ने बताउनु भएको थियो।जनजाति संघ निम्फाका पूर्व अध्यक्ष गणेश तामाङले नेपालमा जातिय छुवाछुत अझै पनि बिद्यमान रहेको र यसलाई राजनैतिक रूपमा नै समाधान गर्नु पर्ने बताउनु भएको थियो भने निम्फाका बर्तमान अध्यक्षले नेपालको बर्तमान संविधानमा नै छुवाछूत लगायत विभिन्न कुरालाई सहि रूपमा छुन नसकेको र संविधानमा व्यापक सुधार आवश्यक रहेकोले आफुहरु सङघर्षरत नै रहेको जनाउनु भएको थियो। कार्यक्रमका केही वक्ताहरुले आरक्षणको बारे पनि आफ्नो बिचारहरू राख्नु भएको थियो।
प्रमुख अतिथि दीपक खडकाले कानुनमा जे लेखिएको भए पनि सबै मानिसको दिमागबाट छुवाछुत पुर्ण रूपमा हटि नसकेको भन्दै आफ्नो जीवनमा देख्नु र भोग्नु भएको केही ज्वलन्त उदाहरणहरू प्रस्तुत गर्नु हुँदै छुवाछूत हट्नु पर्ने र सबैले आफ्नो कार्यकुशलता -सीपमा गर्व गर्नु पर्ने कुरा राख्नु भएको थियो।
तामाङ सघं सिडनीका अध्यक्ष अरुण तामाङले धेरै हुने बिचार-बिमर्शका कार्यक्रमका बहसहरु खाली गोलामा घुमिरहेको जस्ता मात्र भएका र अब समाधान लागि गोलोमा घुमिरहनु भन्दा व्यवहारिक कार्यक्रमहरूलाई ल्याई समाधानको लागि गोलोको केन्द्रमा कसरी पुग्ने भनेर सबै उदार भएर सोच्नु पर्ने बेला आएको भन्ने बिचार राख्नु भएको थियो भने सविधानले सबैलाई समेट्न नसकेको भन्दै आफूहरू बर्तमान संविधानबाट पुर्ण रूपमा सन्तुष्ट नरहेको र सङ्घर्षरत नै रहेको प्रस्ट पार्नु भएको थियो।
बिदयार्थी प्रतिनिधि विजय सापकोटाले विशेष गरेर छुवाछूतको समस्या युवावर्गमा भन्दा पनि मध्य र वृद्धहरूमा धेरै रहेको र यसबारे धार्मिक लगायत सबै कोणबाट विश्लेषण हुनु पर्ने बिचार राख्नु भएको थियो।
करिब ४ घण्टा चलेको उक्त कार्यक्रममा करिब ६० जना विभिन्न क्षेत्रमा सिडनीमा रहनु भएका विद्यार्थी, व्यवसायी, पत्रकार, लेखक, विभिन्न संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

-ओएनएन नेपाल

No comments:

Post a Comment